सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट


  •    न्युजभित्तो/२७ चैत्र २०८२, शुक्रबार १६:०४ 
  • काठमाडौँ, २७ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ४७ प्रतिशतको गिरावट हो ।

    आज ३३५ कम्पनीको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ५९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ७४, विकास बैंक शून्य दशमलव ६७, वित्त शून्य दशमलव ६०, होटल तथा पर्यटन शून्य दशमलव ४४, लगानी शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव ७१, लघुवित्त शून्य दशमलव ७३, म्युचुअल फन्ड शून्य दशमलव ४९, निर्जीवन बीमा शून्य दशमलव ४८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ ।

    आजको कारोबारमा भुजुङ हाइड्रोपावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, होटल फरेस्ट इन लिमिटेड र पाल्पा सिमेन्ट इन्ड्रस्टिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआईसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य चार दशमलव १७ प्रतिशतले घटेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.