सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अतिक्रमित केरुङ्गा घोल व्यवस्थित गरिँदैं, डिपिआर बनाउने काम शुरु


  •    /२० बैशाख २०७६, शुक्रबार १५:२९ 
  • चितवन :

     

    भरतपुर महानगरपालिका–११ हुँदै राप्ति नदीसम्म पुगेको केरुङ्गा घोललाई व्यवस्थित गरिने भएको छ । घोलको बीचभाग र दायाँवायाँ अतिक्रमण हुने क्रम बढेकाले घोललाई सिमाङ्कन गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको हो ।

     

    भरतपुर महानगरपालिका–११ मा नारायणी लिफ्ट सिँचाइबाट शुरु भएको यस घोल वडा नं १२, ९, ८, ५, १३, १४, १६, २२ र २३ हुँदै केरुङ्गा खोला बनेर राप्ति नदीमा मिसिन्छ । भरतपुरको मुख्य क्षेत्रका ढलको पानी यसै घोलमा मिसाइने गरिन्छ । महानगरपालिका–११ का अध्यक्ष बाबुराम अधिकारीका अनुसार घोलको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नका लागि काम शुरु गरिएको छ ।

     

    नदी नियन्त्रण तथा जल उत्पन्न विभागले प्रतिवेदन तयार गर्नुपूर्व नापजाँचको काम गरिरहेको उहाँले बताउनुभयो । प्रदेश नं– ३ का प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार सर्भेक्षणका लागि जीओपम इन्टरनेशनल प्रालि काठमाडौँका दुई इञ्जिनीयर र सब इञ्जिनीयर खटिएका छन् । प्रारम्भिक चरणमा भरतपुर ११ को गणेस्थानदेखि ११ किलोमिटरसम्मको जग्गा नापजाँच गरी विस्तृत अध्ययान प्रतिवेदनका लागि बोलपत्र आह्वान गरिने उहाँले जानकारी दिनुभयो । सो घोलको लम्बाइ ३० किलोमिटरको छ ।

     

    उहाँका अनुसार नापजाँच तयार भएपछि विस्तृत अध्ययन प्रतिवेदनका लागि बोलपत्र आह्वान गरिने र असार सम्ममा कामको जिम्मा लगाइने छ । प्रदेशसभा सदस्य सुवेदीले केरुङ्गा घोलले महानगरपालिकाको आधा जनसङ्ख्यालाई असर पार्ने भएकाले संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले जिल्लामा पानी बग्ने नारायणी र राप्ती नदी पछिको महत्वपूर्ण घोल केरुङ्गा भएकाले यसमा भविष्यमा डुङ्गा चलाउन सक्नेगरी काम गरिने बताउनुभयो । यहाँ जल यातायातको पनि प्रशस्त सम्भावना रहेको भन्दै उहाँले घोलको दुबैपट्टी छेउमा साइकल लेनसँगै पैदलयात्रा गर्न मिल्ने गरी हरियाली बनाइने जानकारी दिनुभयो ।

     

    केरुङ्ग घोल संरक्षण समितिका संयोजक कमल मल्लले भू–माफियाले केरुङ्ग अतिक्रमण गरेर भौतिक संरचना बनाएकाले अतिक्रमित क्षेत्र तत्काल खाली गरिने बताउनुभयो । घोलको दायाँवायाँ क्षेत्र नक्सामा कम्तीमा तीन मिटरभन्दा बढी रहे पनि अधिकांश क्षेत्रमा अतिक्रमण गरिएको छ । उहाँका अनुसार केरुङ्गका अधिकांश क्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।

     

    भरतपुर महानगरपालिका–११ को गणेस्थानस्थित नारायणी लिफ्टको सी ‘टु’ र सी ‘थ्री’ क्यानलबाट केरुङ्ग घोलको शुरुआत हुन्छ । नारायणी नदी व्यवस्थापन आयोजनाले पनि सो घोलको छ स्थानमा काम गरिरहेको छ । आयोजनाका प्रमुख मोहन शाक्यका अनुसार भरतपुर महानगरपालिका–१२, १४, १६ र २२ को छ स्थानमा तारको ग्याबिन राखेर तटबन्ध गर्ने र ढुङ्गाको गाह्रो लगाउने काम भइरहेको छ । ती ठाउँका लागि रु चार करोड ९६ लाख बजेट निकासा भएकामा बोलपत्र पनि कम मूल्यमा गराइएको उहाँले बताउनुभयो ।

     

    प्रदेश सभासदस्य सुवेदीले भने विगतमा जे जसरी काम भए पनि आउँदो वर्षबाट विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर मात्र काम गर्नका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.