सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै


  •    न्युजभित्तो/२२ चैत्र २०८२, आईतवार १२:४० 
  • काठमाडौं, २२ चैत । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरण मार्फत उक्त रकम संकलन गर्न लागेको हो ।

    बैंक तथा वित्तीय संस्थाहरूमा पैसा थुप्रिने क्रम नरोकिएपछि राष्ट्र बैंकले ५६ दिनको अवधिका लागि यो निक्षेप संकलन गर्न लागेको हो । यस उपकरणको बोलकबोल आजै हुनेछ भने संकलन गरिएको रकमको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १७ गते गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलनका लागि ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ ।

    यस प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनका लागि बैंकहरूले ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ भने एउटै संस्थाले बहुब्याजदरमा पनि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । संकलन गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर कबोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिने केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

    बजारमा मुद्रा आपूर्ति र ब्याजदरलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले समय–समयमा यस्ता उपकरणहरू प्रयोग गरी थुप्रिएको तरलता प्रशोचन गर्ने गर्दछ । पछिल्लो समय बैंकहरूमा निक्षेप बढ्ने तर कर्जा प्रवाह सुस्त हुने अवस्था आएपछि राष्ट्र बैंकले निरन्तर बजारबाट पैसा खिच्दै आएको छ । न्यूज बैंक

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.