सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आँखा परीक्षण शिविरमा ११० जनाको मोतियाविन्दुको शल्यक्रिया


  •    न्युजभित्तो/१९ चैत्र २०८२, बिहीबार १५:५८ 
  • दमौली (तनहुँ), १९ चैत । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरअन्तर्गत एक हजार ५०० जनाको निशुल्क आँचा परीक्षण गरिएको छ । उक्त शिविरमा मोतियाविन्दुको समस्या देखिएका एक सय १० जनाको आँखाको शल्यक्रिया गरिएको हो । 

    आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविरअन्तर्गत भानु नगरपालिका-१३, ९, १ र ३ मा आँखा शिविर सञ्चालन गरिएको थियो । आँखासम्बन्धी समस्या भएका सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा मोतियाविन्दुको समस्या देखिएका एक सय १० जनाको बुधबार शल्यक्रिया गरिएको नगरपालिका कार्यालयले जनाएको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयवासीका लागि शिविरले राहत दिएको स्थानीय बताउँछन् ।

    भानु(२ नारेश्वटारस्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा समस्या भएकाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । नगरपालिका र नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नेत्र विशेषज्ञ डा मारिया गौतमसहितको टोलीले आँखाको शल्यक्रिया गरेको हो ।

    आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गर्दै प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आइएको भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आँखाजस्तो संवेदनशील अङ्गको उपचार समयमा हुन सकेन भने मानिसको जीवनमा प्रत्यक्ष तथा नकारात्मक असर पर्न सक्छ । आँखा समस्या आउनुका अन्य कारण पनि हुनसक्ने भएकाले शिविरमार्फ समस्या पहिचानको पहल गरिएको हो । भानु नगरपालिकाले यही कुरालाई ध्यानमा राख्दै प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि उल्लेख्य सङ्ख्यामा बिरामीले सेवा लिएका छन् ।”

    आँखा परीक्षणका लागि सदरमुकाम दमौली, पोखरा वा चितवन जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले स्थानीयस्तरमा शिविर सञ्चालन गरी शल्यक्रिया सेवा प्रदान गरिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । “स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न नगरभित्र विशेषज्ञ सेवा ल्याएका हौँ”, उहाँले भन्नुभयो, “यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
    • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
    • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया
    • अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
    • कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.