सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै सुरु भएन सुक्खा बन्दरगाह निर्माणको काम


  •    न्युजभित्तो/१६ चैत्र २०८२, सोमबार १४:०० 
  • जलेश्वर (महोत्तरी), १६ चैत । सदरमुकाम जलेश्वर नगरपालिका–१ मा किरानापसल सञ्चालन गर्दैआउनुभएका सरोज साह चार वर्ष अघि आफ्नै जिल्लाको मूलभन्सार कार्यालयमा सुक्खा बन्दरगाह निर्माण हुने भएपछि हौसिनु्भएको थियो । ठूलो परिमाणमा भारत तथा तेस्रो मुलकसँग व्यापार व्यवसाय गर्नका लागि आवश्यक सुविधा तथा व्यवस्था ‘‘सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी आफ्नै जिल्लाको मूल भन्सारमा उपलब्ध हुने भन्दै उहाँ खुसी हुनुभएको हो । तर अहिलेसम्म पनि सो कार्यको सुरुआत नहुँदा साह निराश हुनुहुन्छ । 

    जलेश्वर–३ स्थित मलिवाडामा चार वर्ष अघि नै सुक्खा बन्दरगाह निर्माण हुने भनिएको थियो । तर अझै सो कार्यको सुरुआत भएको छैन । नेपालको उत्तरी तथा दक्षिणी दुवै छिमेकी राष्ट्रबाट हुने अन्तरदेशीय तथा तेस्रो मुलुकबाट हुने व्यापारका लागि जलेश्वर–३ मलिवाडास्थित मुख्यभन्सार नाकामा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण प्रक्रिया सुरु हुन सकेको छैन् ।

    आर्थिक वर्ष २०७९÷८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा सन् २०२७ सम्म योजना सम्पन्न गर्ने लक्ष्यसहित जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने योजना ल्याइएको थियो । तर त्यस निर्माण कार्यको प्रक्रिया अझै अघि बढ्न नसक्दा महोत्तरीसहित यस भन्सारबाट नजिक रहेका अन्य जिल्लाका व्यवसायी पनि दुःखी एवं निराश भएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार छिमेकी राष्ट्र भारतको बिहार राज्यको सीतामढी जिल्लाको भिठ्ठामोड सहरमा भारतीय पक्षले जग्गा अधिग्रहण गरी पर्खाल र केही भौतिक संरचना पनि निर्माण गरिसकेको छ । तर, नेपालतिर अहिले पनि सो निर्माण प्रक्रिया सर्वेक्षणमै सीमित रहेकोप्रति चिन्ताव्यक्त गर्नुभयो ।

    जलेश्वर भन्सार नाकामा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण अलपत्र परेको विषय महोत्तरीमा प्रत्येक निर्वाचनको बेला सबै उम्मेदवारको साझा मुद्दासमेत बन्ने गरेको छ । जलेश्वर– ३ मलिवाडामा सुक्खा बन्दरगाह निर्माणका लागि ६५ बिघा जग्गा उपलब्ध गराउने प्रयास भएको छ । यसका लागि इन्टर मोडेल यातायात विकास समितिले गत साउनमै तयार पारेको सर्वे रिपोर्ट उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगको बताइएको छ ।

    जलेश्वर भन्सार महोत्तरी र धनुषाको प्रमुख नाकासमेत भएकाले व्यापारीले तेस्रो मुलुकसँगको व्यापार पनि यसै भन्सारबाट हुनुपर्ने माग गर्दैआएका छन् । भारतको राजधानी नयाँदिल्ली र व्यापारिक सहर कोलकाता यहाँबाट नजिक भएकाले जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह निर्माण आवश्यक छ । जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आएपछि भारतसहित तेस्रो मुलुकसँगको आयात सहज हुने र यसै बन्दरगाहबाट यस क्षेत्र तथा पायक क्षेत्रको उत्पादन निर्यात गर्न पनि सरल एवं सहज हुने व्यापारी बताउँछन् । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.