सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात


  •    न्युजभित्तो/१५ चैत्र २०८२, आईतवार १५:२० 
  • वीरगञ्ज (पर्सा), १५ चैत । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रू ६६ अर्ब ४८ करोड मूल्य बराबरका सामान निर्यात भएको छ । 

    गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट रु नौ अर्ब ९४ करोड बढीको निर्यात भएको छ । गत आवको सात महिनामा भने रू ५६ अर्ब ५४ करोड मूल्य बराबरका वस्तु तथा समान विदेशी मुलुक निर्यात भएको थियो । 

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने निर्यातमा सुधारोन्मुख रहेको बताउनुभयो । चालु आवको सात महिनामा रु ३५ अर्ब ५८ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । 

    रू चार अर्ब ९७ करोड मूल्य पर्ने फलफूलको जस निर्यात भएको छ । रू चार अर्ब ५८ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । रू तीन अर्ब ७७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ भने रू दुई अर्ब ३३ करोड मूल्य पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ । रू एक अर्ब ५८ करोड मूल्य पर्ने सिन्थेटिक थार्न निर्यात भएको छ । 

    चालु आवको पाँच महिनामा रू पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्यका वस्तु तथा सामान भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ५८ अर्ब ९१ करोड अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ । 

    गत आवको सात महिनामा भने रू पाँच अर्ब ३६ करोड ५५ करोड मूल्यपर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो ।रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.