सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो


  •    न्युजभित्तो/१५ चैत्र २०८२, आईतवार ११:५२ 
  • बागमती, १५ चैत । पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशतमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि मकवानपुरमा महिला उद्यमी बढेका हुन् ।

    उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार आर्थिक वर्ष २०८÷८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा नयाँ उद्योग दर्ता भएकामा १६८ व्यवसाय महिलाका नाममा दर्ता भएका छन् ।

    महिलाका नाममा दर्ता भएका व्यवसायमा अधिकांश जनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ, ब्यूटीपार्लर छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालन व्यवसाय छन् ।

    सरकारले महिलाका नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुतमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसायी दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायमा ऋण लगानी सहज हुनसक्नेलगायत कारण पनि घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढेको प्रमुख भुसालको कथन छ ।

    उक्त अवधिमा उद्योगतर्फ ४० वटा उद्योगको नामसारी, १५ वटा ठाउँसारी, ९४८ वटा नवीकरण, ४३ वटाको प्रतिलिपि, ७३ वटाको लगत कट्टा तथा २८ वटाको उद्देश्य थप गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ ।

    यस्तै सो अवधिमा वाणिज्यतर्फ पाँचवटा नामसारी, सातवटा उद्योगको ठाउँसारी, २७ वटा उद्योगको पुँजीवृद्धि, एक हजार ५४ वटा उद्योगको नवीकरण, ९३ वटा उद्योगको लगत कट्टा तथा ३७ वटा उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालको भनाइ छ ।

    नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु एक करोड ३१ लाख ८४ हजार १५९ राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.