सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो


  •    न्युजभित्तो/९ चैत्र २०८२, सोमबार १६:५८ 
  • काठमाडौँ, ९ चैत । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०१ अङ्कले बढेर दुई हजार ९३६ दशमलव ५६ को विन्दुमा कायम भएको हो ।

    आज ३४२ कम्पनीको तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर एक लाख ५६ हजार ३८१ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आजको कारोबारमा बैङ्किङ शून्य दशमलव २७, विकास बैङ्क शून्य दशमलव ५०, होटल तथा पर्यटन शून्य दशमलव ८६, जीवन बिमा शून्य दशमलव ४८, निर्जीवन बिमा शून्य दशमलव ०४ र अन्य समूह शून्य दशमलव ५९ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । वित्त शून्य दशमलव २०, जलविद्युत् शून्य दशमलव ९६, लगानी शून्य दशमलव ७२, उत्पादन तथा प्रशोधन एक दशमलव ५३, लघुवित्त शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ८८ र अन्य समूह शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

    आज सलपा विकास बैङ्क लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज फस्ट म्युचुअल फन्डको शेयर मूल्य तीन दशमलव ७१ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज कुमारी बैङ्क लिमिटेडको सबैभन्दा धेरै रु ६७ करोड २३ लाख ७८ हजार १५६ बराबरको २७ लाख ६८ हजार १०९ कित्ता शेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.