कालिका नगरपालिकामा बाल संरक्षण कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम
न्युजभित्तो/६ चैत्र २०८२, शुक्रबार १८:०२
भरतपुर,६ चैत । चितवनको कालिका नगरपालिकामा बाल संरक्षण सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । फ्युचर जेनेरेसन नेपालको आयोजना, कालिका नगरपालिकाको समन्वय तथा करुणा ट्रस्टको सहयोगमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यशालामा बाल संरक्षण, बाल अधिकार, तथा स्थानीय तहमा बाल अधिकार समितिको भूमिका सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रमको सहजिकरण अधिवक्ता सन्तोष पौडेलले गर्नुभएको थियो । कार्यशालामा बालबालिका सम्बन्धी ऐन २०७५ ले निर्धारण गरेका व्यवस्था, स्थानीय बाल अधिकार समितिको भूमिका, र बालकल्याण अधिकारीको काम, कर्तव्य तथा अधिकारका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षक अधिवक्ता पौडेलले बाल अधिकारका सैद्धान्तिक पक्ष र बालबालिकाको संरक्षणका लागि स्थानीय तहले खेल्नुपर्ने नीतिगत र कार्यान्वयनका चरणहरूका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै, कार्यक्रममा पछिल्लो समय विश्वभर चलेको निसस्थानीकरण’को अवधारणा बारे पनि चर्चा गरिएको थियो । जसले बालबालिकालाई संस्थागत हेरचाह (बालगृह) मा राख्नु भन्दा परिवारमै राखेर संरक्षण गर्नुपर्नेमा जोड दिने विषयमा पौडेलले जानकारी गराउनुभएको थियो ।
कार्यशालामा नगर बाल कल्याण अधिकारी सम्झना ढकालले नगरपालिकाको भौगोलिक विकटता, विशेषगरी ९, १० र ११ नम्बर वडाका चेपाङ समुदायमा बाल संरक्षणका चुनौतीहरू रहेको जानकारी दिनुभयो । ती क्षेत्रका बालबालिकाहरू पढ्ने वा काम गर्ने बहानामा पालिका बाहिर जाने र श्रम शोषण वा अन्य जोखिममा पर्ने समस्या रहेको उहाँको भनाइ थियोे । यसलाई रोक्न नगरपालिकाले विद्यालयहरूमा छात्रवृत्ति र छात्रावासको व्यवस्था गरेको उहाँले बताउनुभयो । कालिका नगरपालिकाकी बाल सम्पर्क व्यक्ति तथा बालकल्याण अधिकारी ढकालले नगरपालिकाले फ्युचर जेनेरेसन नेपाल लगायतका गैरसरकारी संस्थासँग सहकार्य गर्दै बाल संरक्षण, सचेतना कार्यक्रम, बालविवाह न्यूनीकरण तथा जोखिममा रहेका बालबालिकालाई परिवारमै पुनःस्थापना गर्ने कार्यमा जोड दिँदै आएको बताउनुभयो।
उहाँका अनुसार संस्थामा राख्नुभन्दा बालबालिकालाई परिवार र समुदायमै सुरक्षित वातावरणमा राखेर संरक्षण गर्नु प्रभावकारी हुने भएकाले यसतर्फ विशेष ध्यान दिइएको छ।
फ्युचर जेनेरेसन नेपालका परियोजना अधिकारी प्रदीप ढुंगानाका अनुसार निसस्थानीकरणको अभियान अन्तर्गत संस्थागत हेरचाह (बालगृह) मा रहेका र अलपत्र जस्तो अवस्थामा पुगेका चेपाङ समुदाय र इच्छाकामनाका गरी १७ जना बालबालिकाको उद्धार गरिएको छ। ती बालबालिकाहरूलाई अहिले परिवारमा पुनःस्थापना गराई घरमै बसेर पढ्ने वातावरण मिलाइएको छ। संस्थाले ती १७ जना बालबालिकाको निरन्तर अनुगमन र शैक्षिक सहयोग गरिरहेको जानकारी उहाँले दिनुभयो।
परियोजना अधिकारी ढुंगानाका अनुसार फ्युचर जेनेरेसन नेपालले विगत करिब दुई वर्षदेखि कालिका नगरपालिका भित्र बाल संरक्षणको क्षेत्रमा कार्य गरिरहेको छ। विशेष गरी भौगोलिक रूपमा विकट मानिएका वडालाई लक्षित गरी विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
कार्यक्रममा बोल्दै कालिका नगर प्रमुख विनोद रेग्मीले कार्यशालाबाटबाट प्राप्त सुझावहरूलाई दस्तावेजको रूपमा राखेर आगामी दिनमा नीतिगत निर्णय र स्रोत व्यवस्थापनमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बालबालिकाको भविष्य सुनिश्चित गर्न र उनीहरूको अधिकार प्राप्तिका लागि सेवा सुविधामा कुनै कमी हुन नदिने भन्दै नगरपालिकाले फ्युचर जेनेरेसन नेपाल लगायतका सहयोगी संस्थाहरूलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
यस्तै उपमेयर विमला तामाङ्गले नगरपालिकाले वडा र पालिका स्तरमा गठन भएका बाल अधिकार समितिहरूलाई थप सक्रिय बनाउँदै बालमैत्री शासनको लक्ष्य प्राप्तिका लागि एकजुट भएर लाग्ने अठोट व्यक्त गर्नुभयो ।
यस्ता कार्यक्रमहरूले बाल अधिकार संरक्षण र बालमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रतिनिधि, बाल अधिकार समिति सदस्य, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।