सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य


  •    न्युजभित्तो/६ चैत्र २०८२, शुक्रबार १४:४१ 
  • चितवन, ६ चैत । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा रु ९० र लेयर्सको रु १६० मा बिक्री हुन थालेका छन् । ब्रोइलरको लागत मूल्य रु ६५ र लेयर्सको रु १२० पर्न आउँछ ।

    यसले दुई वर्षभन्दा बढी समय लागत मूल्यभन्दा कममा चल्ला बेच्नुपर्दा समस्यामा परेका ह्याचरी उद्योगलाई राहत पुगेको उहाँले जानकारी दिनुभयो ।

    पुस महिनायता क्रमशः मूल्य बढ्दै गएको हो । त्यसअघि रु २५ सम्ममा बोइलर चल्ला बेच्नुपर्ने बाध्यता रहेको थियो । मूल्य घटेपछि उद्योगले दुई सातासम्म चल्ला उत्पादन नै रोकेका थिए । यहाँ दुई सय ५० भन्दा बढी ब्रोइलर चल्ला र चार वटा लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग बन्द भएका अध्यक्ष लामिछानेले बताउनुभयो ।

    “मूल्य नपाएका कारण धेरै उद्योग बन्द भएका छन् । हाल १०० वटा ब्रोइलरका र १० वटा लेयर्सका ह्याचरी सञ्चालनमा छन् । एक हप्तामा ती उद्योगबाट लेयर्सका एक लाख र ब्रोइलरका ३० लाख हाराहारी चल्ला उत्पादन हुने गरेका छन् । बढी चल्ला उत्पादन हुँदा सातामा ब्रोइलरका ४२ लाखभन्दा बढी र लेयर्सका तीन लाख ५० हजार चल्ला उत्पादन हुने गरेका थिए”, उहाँले भन्नुभयो ।

    हाल उत्पादनमा कमी भएको र भारतीय नाकाबाट चल्ला आउन रोकिएपछि यहाँको उत्पादनले बजार पाएको लामिछाने बताउनुभयो । उहाँका अनुसार भारतमा चल्लाको मूल्य बढी छ भने सीमानाकामा कडाइ गरिएको छ ।

    यसअघि कुखुरापालन गर्ने धेरै साना किसान विस्थापित भइसकेका छन् । लेयर्स कुखुरा ठूलो सङ्ख्यामा पालिँदै आएकामा पछिल्लो समय एकै किसानले सात लाखसम्म ब्रोइलर कुखुरा पाल्न थालेपछि बजारको माग धान्न सहज भएको अध्यक्ष लामिछानेको भनाइ छ । “सरकारले सीमा क्षेत्रबाट अवैध पोल्ट्रीजन्य पदार्थ रोकेमा यहाँका किसानले राहत पाउँछन् । यसमा हामीले लामो समयदेखि दबाब दिँदै आएका छौँ”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आमाको नामबाट तीन हजारले लिए नागरिकता
    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
    • निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो
    • लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
    • झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक
    • वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.