सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्रिकेट रङ्गशाला निर्माणार्थ धनधान्याचल : दोस्रो दिनमै उठ्यो ६६ लाख


  •    न्युजभित्तो/२० माघ २०७६, सोमबार २१:१६ 
  • चितवन । रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग जुटाउन आयोजना गरिएको धनधान्याचल महोत्सवमा सोमबार दोस्रो दिन साढे ६६ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको छ । आइतबारदेखि शुरु भएको धनधान्याचल महोत्सवको दोस्रो दिन सोमबार ६६ लाख ५६ हजार १ सय ५७ रुपैयाँ सङ्कलन भएको मूल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो ।

    महोत्सवको दोस्रो दिन आज कलेज अफ मेडिकल साईन्सेसका निर्देशक प्राडा भी.नटराज प्रसादबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भएको संयोजक सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार भरतपुर २२ निवासी जीवनराज कँडेलले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।

    आज नै मूल आयोजक समितिका महासचिव समेत रहेका भरतपुर १२ निवासी दिनेश कुमार र सन्ध्यालक्ष्मी चुकेले १० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । त्यस्तै, भरतपुरका अरुण श्रेष्ठ, काठमाडौँका चन्द्र खड्की र रविन्द्र कसजुबाट समान ५÷५ लाख रुपैयाँ प्राप्त भएको संयोजक सुवेदीले जानकारी दिनुभयो ।
    एनआरएन जापानबाट ३ लाख, होटल व्यवसायी संघ एवम् होटल गंगोत्रीबाट १ लाख ११ हजार १ सय ११, कृष्ण घिमिरेबाट १ लाख २ हजार ६ सय, भरतपुर ९ का नेत्र प्रसाद गैरेबाट ५१ हजार, भरतपुर ४ का छविलाल ढकालबाट ५० हजार र भरतपुर १५ फुलबारी स्थित सिर्जनशिल आमा समूहबाट ३० हजार ३ सय ३५ रुपैयाँ क्रिकेट रङ्गशाला निर्माणका लागि प्राप्त भएको छ । तुलादान व्यवस्थापन समितिकी संयोजक शारदा शर्माले तुलादान गर्नेको पनि उत्साहजनक सहभागिता रहेको बताउनुभयो ।

    यसैबीच, रङ्गशाला निर्माण सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा आउने भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै आयोजकले धनधान्यान्चल परिसरको १० किलोमिटर वरपर निशुल्क यातायातको व्यवस्था गरेको यातायात व्यवस्थापन उपसमितिका संयोजक बद्रीप्रसाद पौडलले जानकारी दिनुभयो । यस्तै, चितवन बाहिरका जिल्लाबाट आउने भक्तजनहरुलाई मध्यनजर गर्दै होटल व्यवसायी संघ चितवन तथा रेष्टुरेण्ट व्यवसायीहरुले आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय गरेको आवास व्यवस्थापन उपसमितिका संयोजक शर्मिला न्यौपानेले जानकारी दिनुभयो ।

    धनधान्याचल महोत्सवमा आज चर्चित लोकदोहोरी गायक पशुपति शर्माले सांगीतिक प्रस्तुति दिनुभएको थियो । ५० करोड रुपैयाँ सङ्कलनको लक्ष्यसहित आयोजित महोत्सवमा वाचन प्रवीण दिनबन्धु पोखरेल कथा वाचक रहनुभएको छ ।

    मंगलबारदेखि भक्तजनहरुको उपस्थिति र आर्थिक सङ्कलन पनि बढ्ने आयोजकको विश्वास छ । करिब ३ अर्ब लागतमा २ वर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.