ॐकार परिवारको महायज्ञमा बढ्दै दाता, सोमबार मात्रै झण्डै १५ लाख सङ्कलन
न्युजभित्तो/२० माघ २०७६, सोमबार २०:३०
चितवन । भरतपुर महानगरपालिका वडा नम्वर ९ शरदपुरमा जारी श्रीमद्भागवत् विराट ज्ञान महायज्ञको छैटौ दिनसम्म आइपुग्दा दान दाताको सहभागीता बढ्दै गएको छ । सोमबार मात्रै १४ लाख ९४ हजार ४ सय ९८ रुपैया आर्थिक सङ्कलन भएको महायज्ञ मूल समाहरोह समितिका संयोजक टङ्कनाथ पौडेलले बताउनुभयो ।
ॐकार परिवारको सहभागिता र ब्राह्मण समाज नेपालको आयोजनामा यहि माघ १५ गतेदेखि महायज्ञ सुरु भएको हो । महायज्ञमा प्रमुख वाचकको रूपमा पण्डित बालकृष्ण अर्याल रहनुभएको छ । महायज्ञमा दान दाताहरुको सहभागिता उत्साहजनक देखिएको छ । महायज्ञमा भूमिदान गर्नेहरुको संख्या समेत बढेको छ ।
अहिलेसम्म भूमिदानबाट मात्रै १५ लाख रुपैयाँ भन्दा बढि रकम सङ्कलन भईसकेको महायज्ञका आर्थिक समितिका संयोजक राम ओस्तीले बताउनुभयो । आईतबार मात्रै संयोजक टंकनाथ पौडेलले आफ्ना साथीभाई र घर परिवारबाट गरि २१ वटा कित्ता भूमिदानको घोषाणा गर्नु भएको थियो भने सोमबार पनि ५० कित्ता भन्दा बढि भूमिदान भएको बताईएको छ ।
त्यस्तै, भवन निर्माणका लागि विभिन्न दाताहरूले निर्माण सामग्री दान गरेका छन् । वडा नम्वर ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनलाई एउटा कित्तामा १.५० वर्ग मिटर क्षेत्रफल पर्ने गरी ६०१ कित्तामा विभाजन गरेर भूमि दानको ब्यवस्था गरिएको हो । समाजले एउटा कित्ताको मूल्य रु २१ हजार १ सय ११ कायम गरेको बताएको छ ।
सोही जमिनमा बनाइने भवनमा दिवा सत्संग तथा योग कक्ष, धार्मिक पुस्तकालय, असहाय वृद्धवृद्धा तथा दुःखीका लागि आवास सञ्चालन गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक टंंकनाथ पौडेलले बताउनु भयो ।
समाजमा हराउँदै गएको हिन्दु धर्मको ज्ञान र दर्शनको बारेमा आम मानिसमा जानकारी प्रवाह गरी सामाजिक जागरण ल्याउने, ब्राहमण समाज नेपाल चितवनको भवन निर्माण गर्ने, जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने, गरीब असहाय एवम् ज्येष्ठ नागरिकको बहुआयामिक सहयोगार्थ अक्षयकोष स्थापना गर्ने, पाञ्चायन मन्दिर निर्माणका साथै दैनिक धार्मिक प्रवचनको ब्यवस्था गर्ने, धार्मिक पुस्तकालय एवम् वाचनालय स्थापना गर्ने, प्रत्येक दिन योग कक्षा सञ्चालन गर्ने र गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने उद्धेस्यसहित महायज्ञ आयोजना गरिएको महायज्ञ मूल समितिका संयोजक पौडेलले बताउनुभयो । महायज्ञलाई तन, मन र धनले सहयोग गरी सफल बनाउन आर्थिक समितिका संयोजक राम ओस्तीले सबैलाई आग्रह गर्नुभयो ।