सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रमण वर्षको प्रचारप्रसारका लागि ‘हेटौँडा रन’ हुँदै, सात हजार पाँच सय जना दौडने


  •    न्युजभित्तो/२० माघ २०७६, सोमबार १६:३३ 
  • हेटौँडा । भ्रमण वर्षको प्रचारप्रसारका लागि सात हजार पाँच सय जनालाई दौडाउने गरी वाग्मती प्रदेश सरकारले ‘हेटौँडा रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा पर्वतीय खेलकुद महासङ्घको संयोजनमा ‘हेटौँडा रन’ कार्यक्रम गरिने भएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । हेटौँडा रनअन्तर्गत यही माघ २५ गते हुने प्रतियोगितामा हजारौँ व्यावसायिक तथा अव्यावसायिक धावकलाई दौडाउने कार्यक्रम रहेको मन्त्रालयका सचिव शिवकुमार वाग्लेले जानकारी दिनुभयो ।

    हेटौँडा रनमा पुरुष र महिलाको छुट्टाछुट्टै दौड प्रतियोगिता हुनेछ भने मनोरञ्जनात्मक दौडको अलग्गै कार्यक्रम राखिएको छ । हेटौँडा रनमा देशका ख्याती प्राप्त साथै वाग्मती प्रदेश तथा अन्य प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका धावक तथा सर्वसाधारणको सहभागिता रहने पर्वतीय खेलकुद महासङ्घ नेपाल वाग्मती प्रदेशका सचिव सफल अधिकारीले जानकारी दिनुभयो । दौडमा सहभागी हुन देशका सातै प्रदेशबाट अनलाइन फारम भर्ने काम भइरहेको र अन्तिम मितिसम्ममा सोचेअनुसारको सहभागिता हुने अपेक्षा गरेको उहाँले बताउनुभयो ।

    हेटौँडा रनमा महिलालाई पाँच किलोमिटर र पुरुषका लागि १० किलोमिटर दौड आयोजना गरिनेछ । दौडमा महिला र पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५० हजार, रु ३० हजार र तृतीयले रु २० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । भ्रमण वर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । हेटौँडा रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक, पूर्व मिस नेपाल शृङ्खला खतिवडा, बैंकर्स, जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, कलाकार, विभिन्न सङ्घसंस्था, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि दौडने कार्यक्रम छ ।

    पर्यटन प्रवर्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा मात्रै हुनेगरेको यस्ता प्रतियोगितालाई प्रदेशको राजधानी हेटौँडामा आयोजना गरेर पर्यटकीय माहोल निर्माण गर्न लागिएको भन्दै कार्यक्रमलाई भव्य र सभ्य ढङ्गमा सम्पन्न गरिने जनाइएको छ । देशभरका विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागीता रहने कार्यक्रमलाई सबै मिलेर सम्झन लायक बनाउनुपर्ने पर्वतीय खेलकुद महासङ्घका अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.