सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिर्गौलाका बिरामीको चाप बढेपछि भरतपुर अस्पतालमा चौबिसै घण्टा डायलेसिस सेवा


  •    न्युजभित्तो/२० माघ २०७६, सोमबार १६:१६ 
  • चितवन । भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गौलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि चौबिसै घण्टा सेवा विस्तार गरिएको हो ।

    सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले पालो कुर्ने बिरामीको सङ्ख्या बढेपछि आजदेखि रात्रिकालीन सेवा शुरु गरिएको बताउनुभयो । सो अवसरमा उहाँले हाल ६९ जनाले नियमित डायलेसिस गरिरहेको बताउनुभयो । तीमध्ये ३० पुरुष र ३९ महिला रहेका छन् । अरू थप ५० जना बिरामीले पालो कुरिरहेकाले रात्रिकालीन सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।

    सो अवसरमा अस्पतालका मेडिसिन विभाग प्रमुख डा प्रकाश खतिवडा, डायलेसिस विभाग प्रमुख सुनिता आचार्य लगायतले अस्पतालमा मूत्ररोग विशेषज्ञको व्यवस्था हुन सकेमा बिरामीले थप सेवा पाउनेमा जोड दिनुभयो । भरतपुर अस्पतालमा डायलेसिस सेवा निजीको भन्दा उत्कृष्ट भएपछि बिरामीको पहिलो रोजाइ यहाँ हुने गरेको छ । जसका कारण बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

    अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा २०७४ साल भदौ ११ गतेबाट निःशुल्क रुपमा डायलेसिस सेवा शुरु गरिएको हो । गत आर्थिक वर्षमा ६ हजार एक सय पटक र चालु आवको ६ महिनामा तीन हजार २३० पटक विभिन्न बिरामीको डायलेसिस गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा रहेका १२ वटा डायलेसिस उपकरणमध्ये १० वटा सञ्चालनमा रहेका छन् ।

    सरकारले मिर्गौलाको डायलेसिस सेवा निःशुल्क गरेको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछ ।

    एचआइभी सङ्क्रमित परिवारको स्वास्थ्य बीमा

    जिल्लामा रहेका एचआइभी सङ्क्रमित परिवारको स्थानीय तहहरुले निःशुल्क स्वास्थ्य बीमा गर्न थालेका छन् । हालसम्म १२८ घरपरिवारको स्वास्थ्य बीमा भइसकेको छ । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका प्रमुख कृष्णहरि सापकोटाका अनुसार जिल्लामा रहेका सातवटै स्थानीय तहले सङ्क्रमितहरुको स्वास्थ्य बीमा गरेका हुन् । स्वास्थ्य बीमा गर्नेमा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका धेरै छन् ।

    चालु आर्थिक वर्षको जेठ मसान्तभित्र सबै सङ्क्रमितको स्वास्थ्य बीमा गर्ने उद्देश्यका साथ सेन्टर लागेको सापकोटाले जानकारी दिनुभयो । गत आवबाट सङ्क्रमित परिवारको बीमा गर्न थालिएको थियो । एकै परिवारका चारजनासम्म सङ्क्रमित रहेका पाइएकोले सङ्क्रमितहरुको सङ्ख्या अनुसारको परिवारको सङ्ख्या कम रहेको छ । जिल्लाका सबै तहले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दा आफूलाई मात्रै नभएर परिवारलाई समेत फाइदा भएको एक सङ्क्रमितले बताउनुभयो ।

    आफ्नो कमाई नहुँदा बीमा गर्न कठिन भएको र स्वास्थ्य परीक्षणका क्रममा समेत समस्या आउने गरेको भन्दै उहाँले अहिले सबै परीक्षण बीमामार्फत गर्दै आएको बताउनुभयो । अस्पतालमा रहेको सेन्टरबाट ९ सय ३८ जनाले एआरटी औषधि सेवन गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.