सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शहीद स्मारक लिग : पुलिसलाई हराउँदै आर्मी शीर्ष स्थानमा


  •    न्युजभित्तो/१९ माघ २०७६, आईतवार २०:४४ 
  • काठमाडौँ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब यहाँ जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा पुगेको छ । दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा आर्मीले पुलिस क्लबलाई ४–२ गोलले हराएको हो ।

    आर्मीका लागि नवयुग श्रेष्ठले दुई तथा सुमन अर्याल र सुदिल राईले एक/एक गोल गर्नुभयो । पुलिसका लागि बुद्धबल तामाङ र मानबहादुर परियारले एक/ एक गोल गर्नुभयो । आर्मीले उत्कृष्ट खेल प्रदर्शन गर्दै पुनः लिगको शीर्ष स्थानमा आफूलाई कायम राख्यो । पुलिसले अग्रता लिँदै खेलको २०औँ मिनेटमा बुद्धबल तामाङले पहिलो गोल गर्नुभएको थियो । कप्तान नीरकुमार राईको फ्रिकिकमा उहाँले हेडमार्फत गोल गर्नुभएको थियो ।

    खेलको २४औँं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहार खेर गयो । पुलिसका गोलरक्षक रोशन खड्काले उक्त प्रहारलाई सहजै रोक्नुभयो । खेलको ३५औँ मिनेटमा आर्मीका लागि सुमन अर्यालले पहिलो गोल गर्नुभयो । सन्तोष तामाङको फ्रिकिकमा आएको बललाई सुमनले हेडमार्फत गोल गर्नुभएको हो । खेलको ४३औँ मिनेटमा भरत खवासले उत्कृष्ट प्रहार गर्नुभएको थियो तर गोल हुन भने सकेन । यस्तै खेलको ५८औँ मिनेटमा पुलिसका मानबहादुर परियारले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाउनुभयो । नीरकुमार राईको फ्रिकिकमा उहाँले गोल गर्नुभएको हो ।

    खेलको ७७औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा पुर्याउनुभयो । यस्तै खेलको ७९औँ मिनेटमा नवयुगको प्रहार खेर गयो । खेलको ८५औँ मिनेटमा नवयुगले नै आर्मीका लागि व्यक्तिगत दोस्रो गोल गर्नुभयो । खेलको ८९औंँ मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ४–२ गोलले जिताउनुभयो । आर्मीले १० खेलमा सात खेलमा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै २३ अङ्क बटुलेको छ । यस्तै पुलिस १० खेलमा चारमा जित, दुईमा हार तथा चार खेलमा बराबरी खेल्दै १४ अंकसहित सातौँ स्थानमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.