सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिम एसियामा द्वन्द्व: उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी


  •    न्युजभित्तो/२८ फाल्गुन २०८२, बिहीबार १२:२९ 
  • काठमाडौँ, २८ फागुन । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गर्नुभएको छ ।

    त्यसरी दर्ता भएका विवरण अध्ययन गरी आवश्यकताअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्केको छ । त्यहाँबाट नेपाली नागरिकको उद्धार तथा आवश्यक सहायतालगायतका प्रयोजनका लागि विभागद्वारा उक्त अनलाइन पोर्टल यही फागुन १८ गतेदेखि सञ्चालनमा ल्याइएको हो ।

    सो पोर्टलमा उक्त क्षेत्रमा रहेका नेपाली राजदूतावासमार्फत नेपाली नागरिकको विवरण सङ्कलन गर्ने कार्य भइरहेको विभागका महानिर्देशक दुपर्दा सापकोटाले जानकारी दिनुभयो ।

    पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि मन्त्रालय र त्यहाँस्थित नेपाली नियोग निरन्तर सक्रिय रहेका छन् । उक्त क्षेत्रमा रहेका नेपाली नियोगहरुले समस्यामा परेका नेपालीको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय गरिरहेका मन्त्रालयलका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

    परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमजेन्सी रेस्पोन्स टिम’को बुधबार सम्पन्न दोस्रो बैठकको निर्णयअनुसार समस्यामा परेका नेपालीसँग इमेल, फोन वा अन्य उपयुक्त माध्यमबाट सम्पर्क गर्न, मनोबल बढाउन र उनीहरूको प्रतिक्रिया लिएर प्रतिवेदन गर्न पश्चिम एसियास्थित सबै नियोगलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

    पश्चिम एशिया क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकलाई संयमित, सचेत र सजग रहन कानुनविपरीत कुनै किसिमका फोटो, भिडियो तथा अडियो सामग्री रेकर्ड गर्ने र आदानप्रदान गर्ने कार्य नगर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.