सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘डेरीमार्ट’ थप्दै दुग्ध उत्पादक सहकारी सङ्घ


  •    न्युजभित्तो/२७ फाल्गुन २०८२, बुधबार १३:५० 
  • चितवन, २७ फागुन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफ्नो उत्पादनको बिक्री वितरणका लागि डेरीमार्ट थप गर्दै लगेको छ । पहिलो ‘डेरीमार्ट’ भरतपुर महानगरपालिका-१० दूरसञ्चार रोडमा सञ्चालनमा ल्याएको सङ्घले दोस्रो शाखा नारायणगढको बेलचोकमा सञ्चालनमा ल्याएको हो ।

    सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार यो वर्षमा पाँच स्थानमा डेरीमार्ट सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ । सङ्घले आफैँले उत्पादन गरेका दुग्धजन्य पदार्थ बिक्रीवितरण र बजारीकारणका लागि मार्ट सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । सङ्घले रत्ननगरमा आफ्नो डेरी उद्योग सञ्चालनमा ल्याएर त्यहाँबाट उत्पादित दूध, दही, घ्यू, पनिरलगायत सामग्री मार्टमार्फत बिक्रीवितरण सुरु गरेको हो ।

    उपभोक्तबाट गुणस्तरीय वस्तु पाइएको भन्दै सकारात्मक सन्देश पाएपछि शाखाहरू थप गर्न लागिएको उहाँले बताउनुभयो । जिल्लामा उत्पादित दूधलाई बजारीकरण गर्न र दूधको भूक्तानी नपाउने समस्या समाधान गर्न यो मार्टले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । 

    अहिले जिल्लामा रहेका ११५ वटा दुग्ध उत्पादक सहरकारी सङ्घले दूध उत्पादन र बिक्रीवितरण गर्दै आएका छन् । दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको यहाँबाट स्थानीय बजारसहित काठमाडौँ, पोखरालगायत ठूला सहरमा दूध पुर्‍याउँदै आइएको छ । यहाँका किसानले रु ५० करोड बराबरको दूधको भुक्तानी पाउन बाँकी छ । समयमा भुक्तानी पाउन नसकेपछि सहकारी आफैँले प्रशोधन गरेर बजारीकरण गर्न थालेको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.