सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकार भन्छ– ‘नेपालमा कोरोना भाइरसको उच्च जोखिम छैन’


  •    न्युजभित्तो/१८ माघ २०७६, शनिबार २१:१९ 
  • काठमाडौँ । सरकारले चीनमा फेला परेको नोभेल कोरोना भाइरस प्रकोपको नेपालमा कुनै किसिमको जोखिम नरहेको स्पष्ट पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस प्रकोपको नेपालमा उच्च जोखिम नरहेको तर उच्च सतर्कता अपनाउन सरकारले सबै संयन्त्रको प्रभावकारी परिचालन गरेको बताउनुभयो । 

    कोरोना भाइसरको सम्भावित प्रकोपको जोखिम नियन्त्रणका लागि के–कस्ता उपाय अपनाउने भन्ने सन्दर्भमा आज सरोकारवाला निकायसँगको छलफलका क्रममा उहाँले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको र कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताउनुभयो । जोखिम नियन्त्रणका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल तथा चीनसँगका सीमानाकामा स्वास्थ्यकक्ष सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “नेपाल अहिले कोरोना भाइरसको उच्च जोखिम क्षेत्र होइन, तर पनि चीनसँग सम्पर्क जोडिएको हुनाले सतर्कताचाहिँ अपनाउनै पर्छ, त्यसैले उच्च जोखिममा छैन तर उच्च सतर्कता अपनाएका छौँ, अन्तरमन्त्रालयको समन्वयमा सबै संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको छ ।” कोरोना भाइसरको हल्ला चलेपछि सरकारले एक सातादेखि यसले पार्न सक्ने असरका सम्बन्धमा सरोकारवालासँग छलफल गरिरहेको छ ।

    यही माघ १२ गते प्रधानमन्त्रीको उपस्थितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र तत्सम्बन्धित मन्त्रालयका सचिव, विभाग र महाशाखाका प्रमुखको बैठकले चीनमा फैलिएको नोभेल कोरोना भाइरस र सोले नेपालमा पार्न सक्ने असरका सम्बन्धमा छलफल गरेको थियो ।

    अहिले स्वास्थ्यमन्त्रीको अध्यक्षतामा अन्तरमन्त्रालयका प्रतिनिधि रहने उच्चस्तरीय समिति र स्वास्थ्य सचिवको अध्यक्षमा उपसमिति गठन गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्ने जिम्मेवार पर्यटनमन्त्री भट्टराईले पनि आफ्नो सक्रियता बढाउनुभएको छ । पर्यटन क्षेत्रमा कोरोना भाइरसको नकारात्मक प्रभाव नपरोस् र सही सूचना सम्प्रेषण होस् भन्ने सरकार एवं सरोकारवाला व्यवसायीको धारणा छ ।

    पछिल्ला दिनमा सञ्चारमाध्यममा कोरोना भाइरसबारे नेपालका सन्दर्भमा आइरहेका विभिन्न समाग्रीले व्यवसायमा एक प्रकारका त्रास उत्पन्न गराएको भन्दै सम्बन्धित विषयमा संवेदनशील भएर सन्देश प्रकाशन प्रसारण गर्न पनि पर्यटनमन्त्रीले आम सञ्चारमाध्यमलाई अनुरोध गर्नुभएको छ ।

    उहाँले नेपालमा बेलाखबत यस्ता जोखिम र सङ्कट निम्तने गरेको र विसं २०७२ को गोरखा भूकम्पका बेला पनि सञ्चार संवेदनशीलताप्रति नेपाली सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाको सराहना गर्दै अहिलेको परिस्थितिमा पनि सोही किसिमको भूमिका निर्वाह गर्न आग्रह पनि गर्नुभयो । चीनमा फैलदै गएको कोरोना भाइरसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्न जान्छ । नेपालको प्रमुख पर्यटकीय स्रोत बजार चीनबाट वार्षिकरूपमा झण्डै डेढदेखि दुई लाख पर्यटक आउने गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.