सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा केन्द्रीय कमिटी बैठकले देशलाई मार्गदर्शन गर्छ : सुरेन्द्र पाण्डे


  •    न्युजभित्तो/१८ माघ २०७६, शनिबार २०:४४ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपाको केन्द्रीय कमिटी बैठकको निर्णयले देशलाई मार्ग दर्शन गर्ने बताउनु भएको छ । पूर्वी चितवनको खैरहनीमा शनिवार पुन समाजको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उहाँले बैठकले गरेका निर्णयहरुको प्रभाव आउँदो बजेटमा पर्ने भएकाले देशको मुहार फेर्नलाई सहयोग गर्ने बताउनु भयो ।

    ‘यो बैठकले गरेका निर्णयको प्रभाव आउँदो बजेटमा पर्दछ’ उहाँले भन्नुभयो ‘विकासको मोडल कस्तो बनाउने, कस्ता योजनाहरु ल्याउने भन्ने विषयमा छलफल भएकाले त्यही निर्णय नै आउदो कार्यक्रममा लागु हुनेछ ।’

    नेपाल कम्युनिष्ट पार्टीको बलियो सरकारले समाजवादको मार्ग दर्शन के हो ? कसरी हामी समाजवादतर्फ जान सक्छौं भन्ने विषयमा पनि बैठकमा छलफल भएको पूर्व अर्थमन्त्री पाण्डेले बताउनुभयो । ‘समाजबादतर्फ जानको लागि पहिलो चरणमा तत्काल हामी रोजगार, उपचार, शिक्षा, आवासको ग्यारेन्टी गर्नेतर्फ जानु पर्दछ’ नेता पाण्डेले भन्नुभयो– त्यही विषयलाई लिएर बैठकमा छलफल भएको छ ।

    यो बैठकले देशलाई नयाँ बाटोतर्फ लैजान महत्त्वपूर्ण काम गर्ने विश्वास पाण्डेले व्यक्त गर्नुभयो । आफुहरुले उत्पादनमूलक उद्योगलाई जोड दिएको पनि उहाँको भनाई थियो । सरकारले पहिलो चरणमा बाटो, पुल निर्माणमा ध्यान दिएकोमा अबको लक्ष्य त्यसका अलवा उत्पादन, जनताको जीवनलाई कसरी उकास्ने भन्ने योजनामा जानुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । ‘भौतिक संरचना निर्माण गरेर मात्र हुँदैन जनताको जीवनयापन सुखी बनाउनको लागि आम्दानी गर्न सक्ने उपायको खोजी गर्नु पर्दछ’ नेता पाण्डेले भन्नुभयो ।
    सधैँभरी रोजगारीको लागि विदेश जाने अवस्थाको अन्त्य गर्नलाई नै उद्योग कलकारखाना यहीँ निर्माण गरेर उत्पादन वृद्धि गर्दै रोजागरीको सिर्जना गर्नुपर्ने उहाँको धारणा थियो । सरकारले अब आर्थिक समृद्धिको यात्रामा काम गरिराखेको पनि उहाँले बताउनुभयो ।

    नेता पाण्डेले स्थानीय तहदेखि संघ सरकारका मन्त्रीसम्मले जनभावना अनुसार काम गर्नुपर्ने बताउनुभयो । जनताले चाहेको विषय भन्दा फरक ढङ्गबाट काम गर्न थालिएमा त्यो आलोचित हुने भएकाले जनताको भावनालाई नै ध्यान दिएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा उहाँले पूर्वी चितवनलाई बाढीबाट सुरक्षित वसोबास हुने तरिकाले आउँदा दिनमा कार्यक्रम ल्याइने बताउनु भयो । पूर्वी चितवनका सबै वस्तीलाई त्यहाँ रहेका खोलाहरुको तटवन्ध गरी बाढी नियन्त्रणको काम अगाडि बढाइराखेको उहाँले जानकारी दिनुभयो ।

    एक करोड रुपैयाँको लगानीमा निर्माण भएको पुन समाजको भवनले त्यहाँ हुने सामाजिक गतिविधिलाई सहयोग गरेको पुन समाजका अध्यक्ष होमबहादुर पुनले बताउनु भयो । कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले नगरपालिकाले नगरवासीको भावना अनुसार विकास निर्माणको कामलाई अगाडि वढाएको बताउनुभयो । कार्यक्रममा भवनलाई सहयोग गर्नुहुने दाताहरुलाई सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.