सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैंडाकोट महोत्सव : साँस्कृतिक कार्यक्रममा दर्शकको आकर्षण बढ्दो


  •    न्युजभित्तो/१८ माघ २०७६, शनिबार २०:२० 
  • गैंडाकोट । गैंडाकोटको नारायणी नदी किनारमा जारी तेस्रो गैंडाकोट महोत्सवको चौंथो दिन शनिबार ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । शनिबार दर्शकको उपस्थिति उल्लेख्य रहेको महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरले जनाएको छ ।

    महोत्सवको साँस्कृतिक कार्यक्रममा दर्शकहरुको आकर्षण बढ्दो रहेको संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप–समिति संयोजक शालिकराम सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार शनिबार राष्ट्रिय लोक तथा दोहोरी गायक प्रजापति पराजुली, शशाङ्क कँडेल, सिजु अधिकारीलगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । रसियन कलाकारहरुले शनिबार नेपाली तथा हिन्दी गीतमा आफ्नो प्रस्तुति राखेका । महोत्सवको साँस्कृतिक कार्यक्रम र कलात्मक प्रवेशद्धारमा दर्शकको आकर्षण बढेको सापकोटाको भनाइ छ ।

    महोत्सवमा शनिबारको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले प्रमुख अतिथि तथा उपप्रमुख शारदा विक विशिष्ट अतिथि रहनुभएको थियो । महोत्सवस्थलमा कृषिका ४० वटा स्टल, विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यावसायिक तथा पर्यटनसम्बन्धी ३ सय ५० भन्दा बढी स्टल रहेका उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताउनुभयो ।

    भट्टचनकाअनुसार महोत्सवका सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गरेको बताउनुभयो ।

    गैंडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा वाह्य व्यापार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रवद्र्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो गैंडाकोट महोत्सव आयोजना गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.