प्रदेश नं २ सरकारद्वारा छोरी बीमा रकममा वृद्धि, तीन लाख पुर्याइयो
न्युजभित्तो/१८ माघ २०७६, शनिबार ०९:२५
जनकपुरधाम । प्रदेश नं २ सरकारले छोरीलाई दिँदै आएको बीमा रकममा वृद्धि गरेको छ । सरकारले गत वर्ष माघ १ गतेदखि प्रदेशमा जन्मेका छोरीलाई रू एक लाखको बीमा रकम दिँदै आएकामा आजदेखि उक्त रकममा वृद्धि गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेशमा जन्मिने छोरीको बीमा रकम वद्धि गरी रु तीन लाख पुर्याइएको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारद्वारा गत वर्ष फागुन ९ गतेदखि राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वीरगञ्जबाट थालनी गरिएको सो योजनाअन्तर्गत चार हजार ३सय ७३ छोरीलाई बीमा रकम उपलब्ध गराइएको बताउनुभयो ।
उहाँले विगतमा प्रदेशबाट सो रकम दिँदै आएकामा अबदेखि स्थानीय तहबाटै उपलब्ध गराउने निर्णयसमेत भएको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले उपलक्ध गराउने रकममा स्थानीय तहलाई थप वृद्धि गरी रु छ लाख पुर्याउन आग्रह गर्ने पनि बताउनुभयो । लैङ्गिक विभेद र छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने उद्देश्यले सो योजना थालनी गरिएको बताउँदै मुख्यमन्त्री राउतले आगामी दिनमा कक्षा १ देखि ८ कक्षामा पढ्ने दलित र मुस्लिम समुदायका छोरीलाई छात्रवृत्ति प्रदान गर्ने योजना रहेको समेत बताउनुभयो ।
‘बेटी पढाउ, बेटी बचाउ’ योजनाअन्तर्गत १४ हजार साइकल वितरण गरिएको जानकारी गराउँदै उहाँले आगामी दिनमा १० हजार साइकल वितरणका लागि गृहकार्य भइरहेको बताउनुभयो । मुख्यमन्त्री राउतले मन्त्रिपरिषद्ले प्रादेशिक अस्पताल जनकपुरलाई प्रदेश आयुर्वेद स्वास्थ्य प्रतिष्ठानमा परिणत गर्नुका साथै शहीदको सम्मानमा मधेश शहीद प्रतिष्ठान गठन गर्ने निर्णय गरिएको पनि जानकारी दिनुभयो ।