सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर महोत्सवको शोभायात्रामा सहभागी उत्कृष्ट संस्था पुरस्कृत


  •    न्युजभित्तो/१७ माघ २०७६, शुक्रबार २१:५१ 
  • रत्ननगर । चितवनको रत्ननगरमा आयोजना भएको रत्ननगर महोत्सव २०७६ को शोभा यात्रा र्यालीमा सहभागी भएका संघसंस्थाहरुमध्ये २९ वटा पुरस्कृत भएका छन् । महोत्सवको शोभा यात्रामा सहभागीहरुमध्ये विभिन्न आठवटा विधामा उत्कृष्ट भएकाहरुलाई आज पुरस्कृत गरिएको हो । र्यालीमा सहभागीहरुमध्येबाट नेवा मैजु पुच रत्ननगर सर्वोत्कृष्ट भएको छ । सर्वोत्कृष्टलाई नगद दश हजार रुपैयाँ तथा मायाको चिनो प्रदान गरिएको छ ।

    त्यस्तै, महिला तथा आमा समूहतर्फबाट थारु महिला साँस्कृतिक समूह निपनी प्रथम, शक्तिशाली महिला समूह रनपा १३ द्धितीय र गणेश सक्रिय महिला समूह रनपा ३, दिव्यज्योती महिला समूह रनपा ९, श्री आमा समूह रनपा ९ र नवदुर्गा आमा समूह तृतीय भएका छन् ।

    टोल विकास संस्थातर्फ बेल्सी टोल विकास संस्था प्रथम, जन जागृती टोल विकास संस्था रनपा १० द्धितीय, माझी मुसहर टोल विकास संस्था रनपा ५ चित्रसारी तृतीय भएका छन् । विद्यालयतर्फ नवोदय विद्यालय खैरहनी १ प्रथम, गायत्री बेद बेदाङ्ग विद्यालय रनपा ९ द्धितीय, श्री अन्त्योदय जनजाति आमाबि खैरहनी ९ तृतीय, स्काउट ट्रपतर्फ भीमोदय स्काउट ट्रप प्रथम, चित्रवन स्काउट ट्रप द्धितीय भएका छन् ।

    महोत्सवको र्यालीमा विशेष आकर्षणतर्फ झुवानी डम्फु समुह प्रथम, महिला नौमती बाजा समूह द्धितीय, श्री भद्रकाली भजन समुह तृतीय, धार्मिक संघ संस्थातर्फ ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र रत्ननगर प्रथम, आत्मज्ञान प्रचार संघ रत्ननगर द्धितीय, कृष्ण प्रणामी संस्था जिरौना तृतीय, जनजाती पहिचान सहितको उपस्थितिमा नेपाल मगर संघ रत्ननगर ११ मंगलपुर प्रथम, नेवार समाज गुठी समूह कालिका नगरपालिका ८ र ९ शक्तिखोर द्धितीय, आत्म शान्ति बौद्ध स्तुप गुरुङ समाज र झुवानी थारु महिला तथा वठिनीया ठेकरा टोली तृतीय भएका छन् ।

    नृत्य विशेषतर्फ थारु समाज झाँकी डम्फुनाच समूह खैरहनी नगरपालिका–५ प्रथम, कुमाल साँस्कृतिक टोली ठूलो नाच समूह भोजाड द्धितीय र मझुइ झाम्टा टोली खैरहनी–५ र सरस्वती बुहारी महिला समूह रत्ननगर–३ हाजीपुर तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीयलाई क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको शोभा यात्रा व्यवस्थापन उपसमिति संयोजक बिरञ्जना घिमिरेले जानकारी दिनुभयो । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.