नारायणी किनारमा आयोजित महायज्ञको मूल समिति नै विघटन, महायज्ञ अलपत्र अवस्थामा
न्युजभित्तो/१७ माघ २०७६, शुक्रबार २१:२०
चितवन । नारायणी नदी किनारमा तामझामका साथ आयोजना गरिएको मासिक ज्ञान महायज्ञका प्रमुख वाचक बालयोगेश्वर महाराजको विवादित छवीका कारण महायज्ञ नै अलपत्र परेको छ । बालयोगेश्वरको विवादित छवी उजागर भएपछि माघ ११ गतेका लागि आयोजना गरिएको उद्घाटन कार्यक्रम औपचारिकतामा मात्रै सीमित भएको थियो । मासिक ज्ञान महायज्ञ उद्घाटनका लागि चितवन आउनुभएका उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रमस्थलमै नआई फर्कनुभएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्वर २३को पशुपतिनाथ मन्दिर क्षेत्रलाई वृहत् धामका रुपमा विकास गर्नेलगायत उद्देश्यले मासिक ज्ञान महायज्ञ आयोजना गरेको आयोजकले बताएको थियो । पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले आज विज्ञप्ति जारी गरी महायज्ञ आयोजक समितिबाट अलग भएको जनाएको छ । साथै मन्दिर व्यवस्थापन एवम् महायज्ञ आयोजकद्वारा चयन गरिएको मूल समारोह समितिलगायत सम्पूर्ण उपसमितिहरु पनि विघटन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिले विभिन्न प्राविधिक कारणले महायज्ञ सञ्चालन गर्न असमर्थ रहेको पनि जनाएको छ । समितिले महायज्ञ आयोजना गर्नेक्रममा आफुहरुले कुनै पनि आर्थिक कारोबार र सम्झौता नगरेको पनि स्पष्ट पारेको छ । ‘पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको अनुपस्थितिमा विभिन्न आर्थिक सम्झौताहरु भएको भए सो बारेमा यथार्थ बुझिदिनुहुनका लागि सम्बन्धित निकायहरुलाई अनुरोध गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।
मन्दिर व्यवस्थापन समितिले महायज्ञका प्रमुख वाचक भनेर प्रचार गरिएका बालयोगेश्वर महाराज समितिको सम्पर्कमा नरहनुभएको पनि जनाएको छ । समितिले बालयोगेश्वरका बारेमा उठेका विषयमा छानवीन गरी कानुनी कारवाहीका लागिसमेत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ :