सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सकारात्मक सर्किटसँगै नेप्सेमा दोहोरो अङ्कको वृद्धि


  •    न्युजभित्तो/१३ फाल्गुन २०८२, बुधबार १६:३९ 
  • काठमाडौँ, १३ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अङ्कले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ ।

    आज ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० बराबरको कारोबार भएको छ । कारोबारमा वित्त समूह शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ०.८९ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका उपसूचक बढेका छन् ।

    बैंकिङ समूह शून्य दशमलव २२, विकास बैंक शून्य दशमलव २१, होटल तथा पर्यटन शून्य दशमलव ४७, जलविद्युत् शून्य दशमलव ३९, लगानी शून्य दशमलव ३०, जीवन बिमा एक दशमलव ७९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८३, लघुवित्त शून्य दशमलव १५, निर्जीवन बिमा शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव ३५ अङ्कले बढेको छ ।

    आजको कारोबारमा सलपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९८ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको रु २८ करोड ६९ लाख १९ हजार २७५ बराबरको आठ लाख तीन हजार ६१० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.