सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो


  •    न्युजभित्तो/१२ फाल्गुन २०८२, मंगलवार १६:२४ 
  • काठमाडौँ, १२ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ।

    आज ३२८ कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४९ हजार ९३ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २३ करोड २४ लाख सात हजार ६१३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

    सबै समूहका उपसूचक बढेका छन्। बैंकिङ शून्य दशमलव ३०, विकास बैंक एक दशमलव ११, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन दुइ दशमलव ०२, जलविद्युत् एक दशमलव २७, र लगानी समूह शून्य दशमलव ६१ प्रतिशतले बढेका छन्। जीवन बीमा समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन एक दशमलव ७६, लघुवित्त शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव ५२, व्यापार एक दशमलव ४९, र अन्य समूह शून्य दशमलव ३३ प्रतिशतले बढेका छन्।

    सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल एसबिआई बैंक लिमिटेडको शेयर मूल्य तीन दशमलव ५८ प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रु ३७ करोड ७२ लाख ९१ हजार ३२० बराबरको खरिदबिक्री भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडका छ लाख ९७ हजार १४८ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.