सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साझा राष्ट्रिय कार्यदिशा आवश्यकः अध्यक्ष राई


  •    न्युजभित्तो/११ फाल्गुन २०८२, सोमबार १५:१७ 
  • धरान (सुनसरी), ११ फागुन । जनता समाजवादी पार्टी(नेपाल)का केन्द्रीय अध्यक्ष तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार सुनिश्चित गर्न साझा राष्ट्रिय कार्यदिशा आवश्यक रहेको बताउनुभएको छ ।

    पार्टीको निर्वाचन परिचालन समिति, सुनसरी क्षेत्र नम्बर १ ले आज धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राईले आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्थगित हुन सक्ने हल्ला बाहिर सुनिएको भए पनि त्यस्तो कदम मुलुक र जनताको हितमा नहुने धारणा राख्नुभयो ।

    निर्वाचनपछि गठन हुने नयाँ संसद्ले जनताको ताजा ‘म्यान्डेट’सहित देशको नेतृत्व गर्ने उल्लेख गर्दै संसद्भित्र र बाहिर रहेका सबै राजनीतिक शक्तिबीच संवाद र सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो । अध्यक्ष राईले लोकतान्त्रिक प्रक्रियामा अवरोध आउन नदिन र दीर्घकालीन रूपमा देशलाई फाइदा पुग्ने सहमतिमूलक राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.