सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कार्यालय सहयोगीले कसरी कमाए नौ करोड ?


  •    न्युजभित्तो/१६ माघ २०७६, बिहीबार २२:३३ 
  • काठमाडौँ । एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा के कति सम्पत्ति आर्जन गर्ला ? सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यत्ति ठूलो कमाई त के गर्ला र ? तर, मालपोत कार्यालयका कार्यरत एक कार्यालय सहयोगीले आफ्नो जागिरे जीवनमा मात्रै करिब रु नौ करोड बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ । यस्तै देखिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा ।

    आयोगका अनुसार काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका तत्कालीन सहयोगी राजेन्द्र बस्नेतले झण्डै रु नौ करोड बराबरको अकूत सम्पत्ति आर्जन गरेको पाइएको छ । आयोगले आज अकूत सम्पत्ति कमाएको अभियोगमा मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगको अनुसन्धान अनुसार बस्नेत र उनको परिवारको नाममा रु नौ करोड ७३ लाख ३१ हजार बराबरको सम्पत्ति देखिएकामा झण्डै रु आठ करोड ९८ लाख बराबरको सम्पत्तिको वैध स्रोत खुल्न नसकेको पाइएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी बस्नेतलाई कैद र बिगोबमोजिमको जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको हो ।

    आयोगले भ्रष्टाचार गरी कमाएको रकम जफत गर्नसमेत माग गरेको छ । आयोगका अनुसार कार्यालय सहयोगी बस्नेतको रु ७४ लाख ७३ हजार ३७३ मात्रै वैधानिक रुपमा आर्जन गरेको पाइएको छ । मालपोतमा कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्ने बस्नेतको जीवनयापन अस्वाभाविक रहेको भन्दै परेको उजुरीमाथि छानबनि गर्दा उनको अवैध आय फेला परेको हो ।

    आयोगका प्रवक्ता कोइरालाका अनुसार कार्यालय सहयोगी बस्नेत २०४५ सालमा मालपोत कार्यालयमा सहयोगीको रूपमा सेवा प्रवेश गरेका थिए । आयोगले सेवा प्रवेशदेखि गत वर्षसम्मको आय तथा खर्चको समेत विश्लेषण गरेको छ । बस्नेतले श्रीमती सीता बस्नेतको नाममा रु छ करोड, ७४ लाख बराबरको घरजग्गा खरिद गरेको, आमाको नाममा रु ६२ लाख ९० हजारको घर निर्माण गरेको देखिएको छ ।

    मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा बस्नेतले नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्नेलगायत गैरकानुनी काम गरेको पाइएको छ । यस्तै आयोगले नेपाल प्रहरीका प्रहरी निरीक्षक अरुणकुमार शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    यस्तै, शुक्लगण्डकी तनहुँको कुमारी आधारभूत विद्यालयमा कार्यरत शिक्षक शारदा अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । यस्तै नेपाल टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायणप्रसाद साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    यसैगरी नेपाल प्रहरीका पूर्वप्रहरी सहायक निरीक्षक धिरेन्द्रकुमार शाहीलाई पनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ । उता जिल्ला हुलाक कार्यालय बाँकेका तत्कालीन खरिदार निर्मलाकुमारी केसीको शैक्षिक योग्यता नक्कली रहेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.