गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको महोत्सव अवलोकनका लागि दर्शकहरुको उपस्थिति उल्लेख्य रहेको छ । बुधबारदेखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा बिहीबार दर्शकको सहभागिता उत्साहजनक रहेको महोत्सवको आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपुरले जनाएको छ ।
उद्योग वाणिज्य संघ नवलपुरका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले बिहीबार २० हजार भन्दा बढीले महोत्सवको अवलोकन गरेका बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेका कारण समेत महोत्सव अवलोकनका लागि दर्शकहरुको उपस्थिति राम्रो भएको हो ।
बिहीबार गैँडाकोट महोत्सवको साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य विष्णु लामिछाने रहनुभएको थियो । लामिछानेले महोत्सवले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । विदेशी वस्तुलाई प्रतिस्थापन गर्नेगरि मेला महोत्सवहरु हुनुपर्ने भन्दै लामिछानेले मेला महोत्सव आर्थिक समृद्धिको आधार बन्नुपर्ने धारणा राख्नुभयो ।
महोत्सवस्थलमा कृषिका ४० वटा स्टल, विभिन्न जाजातिका नौ वटा साँस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी ३ सय ५० भन्दा बढी स्टल रहेको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताउनुभयो ।
स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे बताउनुभयो । यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रीज आकारको कलात्मक प्रवेशद्वार निर्माण गरिएको छ ।