सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सन् २०१९मा पनि मानवअधिकारको अवस्था सन्तोषजनक देखिएन : एमनेष्टी


  •    न्युजभित्तो/१६ माघ २०७६, बिहीबार १७:३४ 
  • काठमाडौँ । एमनेष्टी इन्टरनेशनल नेपालले सन् २०१९ मा पनि नेपालमा मानवअधिकारको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । एशिया प्रशान्त क्षेत्रमा सन् २०१९ मा मानवअधिकारको अवस्था विषयक प्रतिवेदनमा विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष बितिसक्दा पनि दशक लामो सशस्त्र द्वन्द्वकालका पीडितलाई सत्य, न्याय र परिपूरण उपलब्ध गराउने प्रतिबद्धता निरासलाग्दो भएको उल्लेख छ ।

    द्वन्द्वकालमा सरकारी सुरक्षा निकाय र माओवादी सशस्त्र समूहबाट भएको मानवअधिकार उल्लङ्घन र ज्यादतीसम्बन्धी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग उजुरीको गम्भीरतालाई ध्यानमा राखी नयाँ आयुक्त नियुक्त गर्न पनि सरकार विफल भएको प्रतिवेदनमा उल्लेख छ । तर अहिले दुवै आयोगमा पदाधिकारी नियुक्ति भइसकेका छन् ।

    सङ्क्रमणकालीन न्यायका लागि सर्वोच्च अदालतले दिएको आदेश, अन्तरराष्ट्रिय सन्धि–सम्झौताअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन हुन नसकेको प्रतिवेदनमा छ । प्रतिवेदनमा हरेक वर्ष हजारौँ नेपाली कामका लागि देश छाडी विदेश जाने गरेका तर ती आप्रवासी श्रमिकलाई शोषणपूर्ण भर्ना अभ्यासबाट संरक्षण प्रदान नगरिएको उल्लेख छ ।

    चार वर्ष अगाडि सरकारले सम्भावित रोजगारी मुलुकमा जानका लागि आवश्यक प्रवेशाज्ञा र टिकट खर्च आप्रवासी श्रमिकले व्यहोर्न नपर्ने सुनिश्चित गर्न एउटा नीति घोषणा गरेको थियो । तर अहिलेसम्म पनि यो नीतिलाई राम्रोसँग लागू गर्न नसक्दा श्रमिक चर्को शुल्क तिरेर विदेश जान बाध्य हुनुपरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

    सन् २०१९ मा नेपालमा विद्युतीय कारोवार ऐन २०६३ जस्ता कानूनलाई प्रयोग गरी पत्रकार र कलाकारलाई स्वेच्छाचारीरूपमा पक्राउ गर्न प्रयोग गरिएको र सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि थप बन्देज लगाउने खालका तीन नयाँ विधेयकमा मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक र सूचना प्रविधि विधेयक प्रस्ताव गरेको प्रतिवेदनमा भनिएको छ ।

    प्रतिवेदनमा सरकारले राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रतालाई कमजोर पार्ने खालको संशोधन विधेयक पनि प्रस्ताव गरेको र मन्त्रिपरिषद्ले नागरिक समाज सङ्घसंस्थाको गतिविधिमा बन्देज लगाई ती माथि कडा अनुगमन गर्ने प्रावधानसहितको कानूनको पनि प्रस्ताव गरेको एमनेष्टी इन्टरनेशनल नेपाललका निर्देशक नीराजन थपलियाले उल्लेख गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.