सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि भरतपुर विमानस्थलमा इन्धन भर्ने सुविधा


  •    न्युजभित्तो/६ फाल्गुन २०८२, बुधबार १५:४१ 
  • चितवन, ६ फागुन । चितवनको भरतपुर विमानस्थलबाट काठमाडौँ र पोखरातर्फ नियमित उडान भर्दै आएका वायुसेवा कम्पनीका जहाजहरूले अब यहीँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले आजदेखि विमानस्थलमै ‘रिफिलिङ’ सेवा सुरु गरेको हो ।

    सेवा शुरु भएसँगै भरतपुरबाट हुने हवाई उडान थप प्रभावकारी, सुरक्षित र आर्थिक रूपमा लाभदायक हुने अपेक्षा गरिएको छ । निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले आवश्यक पूर्वतयारी पूरा गरी आजबाट सेवा शुभारम्भ गरिएको बताउनुभयो । नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक सम्झौता यस अघि नै सम्पन्न भइसकेको र इन्धन भर्ने अस्थायी संरचना जडान गरी सेवा शुरु गरिएको उहाँले बताउनुभयो ।

    हाल सुरु भएको सेवा अस्थायी प्रकृतिको रहेको छ । जमिनमुनि वा जमिनमाथि स्थायी ट्याङ्की जडान गरी पूर्ण संरचना निर्माण गर्न भने थप समय लाग्ने निगमले जनाएको छ । प्रारम्भिक चरणमा मोबाइल डिस्पेन्सरमार्फत जहाजमा प्रत्यक्ष इन्धन भर्ने व्यवस्था मिलाइएको छ ।

    भरतपुर विमानस्थलमा इन्धन भर्ने सुविधा सुरु भएपछि यस क्षेत्रका उडानहरू थप नियमित र भरपर्दो बन्नेछन् । आकस्मिक अवस्थाहरूमा समेत विमानलाई बाहिरबाट इन्धन ल्याउनुपर्ने बाध्यता अन्त्य जनाईएको छ ।

    हाल भरतपुर विमानस्थलबाट मुख्य रूपमा बुद्ध एयरले दैनिक सात वटा उडान सञ्चालन गर्दै आएको छ । कम्पनीका भरतपुर स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार दुई वटा ४७ सिटे र पाँच वटा ७२ सिटे जहाजले काठमाडौँ र पोखरातर्फ उडान भर्दै आएका छन् ।

    यहाँ इन्धन भर्ने सुविधा शुरु भएसँगै जहाजहरूलाई काठमाडौँबाटै पर्याप्त इन्धन बोकेर आउनुपर्ने बाध्यता हटेको बस्नेतले बताउनुभयो । काठमाण्डौंबाटै जहाजले दुईतर्फी इन्धन भरेर आउने हुँदा तौल बढ्ने र यात्रु संख्या सीमित गर्नुपर्ने अवस्था विगतमा रहेको उहाँले बताउनुभयो । यहाँ इन्धन भर्ने सुविधा भएपछि काठमाडौँबाट आउने जहाजमा थप पाँच सय किलोसम्म वजन बढाएर यात्रु ल्याउन सकिने उहाँको भनाई छ ।

    ७२ सिटे जहाजको हकमा काठमाडौँबाट भरतपुर आउँदा हाल ७० जना यात्रु बोक्ने गरिएको छ । तर, गर्मीयाममा उच्च तापक्रमका कारण जहाजको ‘लिफ्ट’ क्षमता घट्ने हुँदा यात्रु संख्या ६० जनामा सीमित गर्नुपर्ने हुन्छ। त्यस्तै, भरतपुरबाट काठमाडौँ फर्कँदा हाल ५५ जना र गर्मीयाममा ४० जना यात्रु मात्र बोक्ने गरिएको छ ।

    ४७ सिटे जहाजको अवस्था पनि उस्तै छ । काठमाडौँबाट आउँदा हाल ४५ जना र फर्कँदा ४३ जना यात्रु बोकिन्छन् । गर्मीयाममा भने काठमाडौँबाट आउँदा ३५ जना र भरतपुरबाट जाँदा ३३ जना हाराहारीमा सीमित गर्नुपर्ने बाध्यता रहेको बस्नेतले बताउनुभयो ।

    इन्धन यहीँ भर्ने व्यवस्था भएपछि जहाजले अतिरिक्त इन्धन बोकेर आउनुपर्ने आवश्यकता घट्नेछ । यसले तौल सन्तुलनमा सुधार ल्याई यात्रु क्षमता बढाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

    चितवन पर्यटकीय तथा कृषि उत्पादनका हिसाबले महत्वपूर्ण जिल्ला हो । सौराहा, मेघौली, देवघाट लगायतका पर्यटकीय क्षेत्रहरूमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । हवाई सेवा सहज र प्रभावकारी हुँदा पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ पाउने स्थानीय व्यवसायीहरूको भनाइ छ ।

    इन्धन सुविधा सुरु भएपछि उडान रद्द हुने सम्भावना घट्ने, आकस्मिक प्राविधिक समस्या समाधानमा सहजता आउने र उडान समय तालिका पालना गर्न सजिलो हुने अपेक्षा गरिएको छ । यसले व्यवसायिक विश्वसनीयता बढाउनुका साथै यात्रु आकर्षणमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ ।

    भरतपुर विमानस्थलमा इन्धन भर्ने सुविधा सुरु हुनु चितवन क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधार उपलब्धि हो । यसले यात्रु क्षमता वृद्धि, उडान नियमितता, सञ्चालन लागत घटाउने सम्भावना र क्षेत्रीय आर्थिक गतिविधि विस्तारमा टेवा पु¥याउने देखिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.