सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारद्वाज गोत्रीय पोखरेलको महायज्ञ : ७५ लाख सङ्कलन


  •    न्युजभित्तो/१५ माघ २०७६, बुधबार २३:१५ 
  • चितवन । भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालले भरतपुरमा आयोजना गरेको श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञान महायज्ञमा बुधबार मात्रै २१ लाख रुपैयाँ सङ्कलन भएको छ । महायज्ञमा रकम संकलन हुने क्रम तीव्र रहेको उल्लेख गर्दै भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानका उपाध्यक्ष चिरञ्जीवि पोखरेलले बुधबार मात्रै २१ लाख रुपैयाँ सङ्कलन भएको जानकारी दिनुभयो ।

    महायज्ञमा बुधबार सबैभन्दा बढी रकम रैनादेवी पाल्पाका थानेश्वर पोखरेलले प्रदान गर्नुभएको उपाध्यक्ष पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार थानेश्वरले सात लाख ५१ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । त्यस्तै, बुधबार नै खोटाङका धर्मराज पोखरेलले पाँच लाख एक हजार, भरतपुर ६ का स्वर्गीय भीमप्रसाद पोखरेलका छोरा चुडामणि पोखरेलले दुई लाख ५१ हजार, पर्वतका युवराज, मोहदत्त, भीमप्रसाद र अच्युतराज पोखरेलले एक लाख ११ हजार तथा भारद्वाज पोखरेल समाज कास्कीबाट एक लाख एक हजार रुपैयाँ प्राप्त भएको उपाध्यक्ष पोखरेलले बताउनुभयो ।

    उपाध्यक्ष पोखरेलकाअनुसार हालसम्म ७५ लाख रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको छ । महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको महायज्ञ मूल समितिका संयोजक एवम् भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठानका अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    महायज्ञबाट भएको आम्दानीले देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्य रहेको छ । यसैगरी, एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना गरिने पनि संयोजक पोखरेलले जानकारी दिनुभयो । आगामी माघ १८ गतेसम्म सञ्चालन हुने महायज्ञमा विहान ११ बजेदेखि कथा वाचन हुनुका साथै दैनिक तुलादान, भूमिदान, ब्रतबन्ध, विवाह, चौरासी पूजा तथा ग्रह शान्तिसमेत गर्न सकिने प्रतिष्ठानका जिल्ला उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.