सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौरीपालक किसानलाई आईपिएम पाठशाला


  •    न्युजभित्तो/२८ माघ २०८२, मंगलवार १६:२५ 
  • चितवन, २७ माघ । जिल्लाका मौरीपालक किसानका लागि आईपिएम कृषक पाठशाला सञ्चालन गरिएको छ । मौरीपालन विकास केन्द्र भण्डाराले राप्ती नगरपालिकामा मौरीपालन गर्ने १४ किसानलाई पाठशालामार्फत मौरीपालन व्यवसायमा लाग्ने रोग किरा व्यवस्थापनसँगै विषादीले मौरीमा पार्ने असरका बारेमा ज्ञान दिएको हो ।

    कार्यालयका प्रमुख सुजन अङ्गाईका अनुसार  गत भदौदेखि सुरु गरिएको पाठशालामा मौरीको जीवन चक्र, मौरीको कृत्रिम आहारहरु, मौरीमा लाग्ने रोग किरालगायत मौरीको परागसेचन भूमिकाका विषयमा कृषकलाई जानकारी गराइएको थियो । पाठशालामा मौरीमा रोग किराको व्यवस्थापन घरेलु तथा प्राङ्गारिक तरिकाले कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत ज्ञान दिइएको थियो । 

    मौरीमा लाग्ने किरा तथा रोगको समाधानका लागि विभिन्न घरेलु औषधिहरु जस्तै बोझो, कडिपत्ता, गिदरी, अमलाको झोलको प्रयोग गर्न सकिने कक्षामा जानकारीसहित प्रयोगात्मक तवरले समेत देखाइएको छ । मौरीमा सुलसुले, मैनपुतली, खपटे, युरोपियन फाउल ब्रुर्ड, नोसेमा (पखाला) जस्ता रोग किराहरु लाग्ने हुँदा यसलाई व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा पाठशालामा जानकारी गराइएको थियो ।

    पाठशाला १६ हप्तासम्म सञ्चालन हुने छ । तालिममा सहभागीमध्ये लक्ष्मण थापा यस पाठशाला किसानका लागि उपयुक्त भएको बताउनुहुन्छ । उहाँका अनुसार मौरीबाट हुने फाइदा, बेफाइदाका कुरासँगै व्यावसायिक रुपमा मौरीपालन गर्नलाई सहजीकरण पाठशालाले पुगेको छ । उहाँले भन्नुभयो, “धेरै कुरा सिक्यो र सिक्दैछौँ । यसलाई व्यवहारमा उतार्न हामी लाग्छौँ ।” अहिले आफूले तीन घार मौरीपालन गर्दै आएको तालिमपछि यो सङ्ख्या बढाउँदै व्यावसायिक गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

    जिल्लामा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सङ्ख्या ४५० जना रहेका छन् । यहाँ १९ हजार ५०० घार सङ्ख्या रहेका छन् । ती घारबाट वार्षिक ५०० मेट्रिकटन मह उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । जसमध्ये चिउरी र तोरीको मह ७५ प्रतिशत उत्पादन हुने गरेको छ । बाँकी २५ प्रतिशत रुदिलो, फापर, लिच्ची, पड्केलगायतका स्रोतबाट मह उत्पादन हुँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती
    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    • चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.