सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शुरु भयो गैंडाकोट महोत्सव, महोत्सव समृद्धिको आधार बन्नुपर्छ : काँग्रेस महामन्त्री कोइराला


  •    न्युजभित्तो/१५ माघ २०७६, बुधबार २१:३८ 
  • नवलपुर । नवलपुरको गैँडाकोटमा बुधबारदेखि तेस्रो गैँडाकोट महोत्सव २०७६ शुरु भएको छ । महोत्सवको नेपाली काँग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्राडा शशाङ्क कोइरालाले समुद्घाटन गर्नुभयो ।

    महोत्सवको समुद्घाटनअघि गैँडाकोट नगरपालिकामा जम्मा भएर विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहितको शोभायात्रा महोत्सव स्थल नारायणी नदीकिनारसम्म निकालिएको थियो । हात्ती, घोडा, बग्गीसहित विभिन्न तीन सय भन्दा बढी संघसंस्थाहरु शोभायात्रामा सहभागी थिए । शोभायात्रामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको तेस्रो गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले जानकारी दिनुभयो ।

    महोत्सवको उद्घाटन गर्दै नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली काँग्रेसका महामन्त्री प्राडा शशाङ्क कोइरालाले महोत्सवहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । विदेशी वस्तुहरुलाई प्रतिस्थापन गर्नेगरि मेला महोत्सवहरु हुनुपर्ने भन्दै कोइरालाले मेला महोत्सवले पैसा कमाउने भन्दा पनि आर्थिक समृद्धिको आधार बन्नुपर्ने धारणा राख्नुभयो ।

    महोत्सवस्थलमा कृषिका ४० वटा स्टल, विभिन्न जाजातिका नौ वटा साँस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटनसम्बन्धी तीन सय ५० भन्दा बढी स्टल रहेका उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले जानकारी दिनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव आयोजना गरिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे विश्वास व्यक्त गर्नुभयो ।

    नवलपुरलाई औद्योगिक हवको रुपमा विकास गर्न गण्डकी प्रदेशबाट २० करोड रुपैयाँ प्राप्त भएको उल्लेख गर्दै भट्टचनले त्यसका लागि लोकाहा खोला नजिक पाँच सय बिघा जग्गा व्यवस्थापन गरिने बताउनुभयो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने तथा रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुने उद्योग वाणिज्य संघ नवलपुरका महासचिव कँडेलको भनाइ छ ।

    यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रीज आकारको कलात्मक प्रवेशद्वार निर्माण गरिएको छ । महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् संघका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सव सफल पार्न विभिन्न २२ वटा उपसमिति गठन गरिएको र ती उपसमितिले आ–आफ्नो जिम्मेवारीअनुसारका काम गरिरहेका बताउनुभयो ।

    महोत्सव अवधिभर महोत्सव स्थलमा भायोनेट कम्युनिकेशन प्रालिले २०० एमबीपीएसको इन्टरनेट निःशुल्क प्रदान गरेको सापकोटाले जानकारी दिनुभयो । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै सापकोटाले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिने बताउनुभयो । उद्योग वाणिज्य संघ, गैंडाकोट, गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा वाह्य व्यापार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो
    • अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’!

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.