सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फिल्मि शैलीमा गोली हानी गाँजा तस्कर पक्राउ


  •    न्युजभित्तो/१५ माघ २०७६, बुधबार १८:१० 
  • हेटौँडा । मकवानपुर प्रहरीले फिल्मि शैलीमा गोली प्रहार गरेर लागुऔषध गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । बिआर ०६ जे ४४५८ नंको भारतीय कारमा लागुऔषध गाँजा लैजाँदै गरेका तीनजनालाई प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कार चालक भारत मुजफ्फपुरका ३५ वर्षीय सञ्जीत पासवान, सोही स्थानका ३५ वर्षीया अजैमल हवारी र ४५ वर्षीय जाहेरा खातुन रहेका छन् ।

    प्रहरीका अनुसार भारतीय कारमा गाँजा बोकेका उनीहरुलाई मकवानपुरको मनहरीमा प्रहरीले जाँच गर्न खोज्दा भागेका थिए । जाँचका क्रममा कार भगाएको सूचनाका आधारमा नेवारपानीमा रहेको प्रहरी चौकीले उक्त कार रोक्नखोज्दा पनि नरोकी चेकजाँजमा खटिएका प्रहरीलाई समेत ठक्कर दिन खोजी त्यहाँबाटसमेत भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौर बताउनुहुन्छ ।

    उहाँका अनुसार त्यसपछि उनीहरुलाई लेवट प्रहरी चौकीले रोक्ने प्रयास गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि चेकिङ पोइन्ट बनाएर उक्त गाडीलाई रोक्न खोज्दासमेत नरोकेपछि प्रहरीले गोली चलाएको हो । “उनीहरुलाई पिछा गर्दै हवाई फायर गर्दा पनि नियन्त्रणमा लिन गाह्रो भएको थियो, यसरी पटक पटक प्रहरी चेकिङ तोडेर भागेपछि हामीले गाडीमा लागुऔषध मात्रै नभएर गम्भीर खालको विस्फोटक पदार्थ वा अन्य कुनै खतरनाक चीजबिज रहेको हुन सक्ने ठानी रोक्ने प्रयास गर्यौँ तर गाडी रोकिएन त्यसपछि गाडीको पाङ्ग्रामा गोली प्रहार गरेर टायर पन्चर गराएर नियन्त्रणमा लियौँ”, राठौरले भन्नुभयो ।

    प्रहरीले उक्त गाडीलाई पूर्व–पश्चिम राजमार्गको मनहरीमै रोक्न खोजेको भए पनि झण्डै ३० किलोमिटर टाढा थानाभर्याङमा रोक्न सकेको हो । प्रहरीका अनुसार कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाई १६ पोकामा लुकाइराखेको ३२ किलो गाँजा बरामद गरिएको छ ।

    यसैबीच गाँजा तस्करलाई नियन्त्रणमा लिएर फर्कंदै गरेको प्रहरीको गाडी दुर्घटनामा परेको छ । काँकडभिट्टा–धनगढी चल्ने ना५ख ५५८२ नंको यात्रुवाहक बसले ना१झ १४१७ नंको प्रहरीको गाडीलाई ठक्कर दिँदा वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित छ जना घाइते भएका प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो । दुर्घटनामा गाँजा तस्करीमा संलग्न महिला खातुनसमेत घाइते भएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.