सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको हात्तीवाङमा पहिलोपटक बिजुली बल्यो, साँसद पोखरेलद्वारा उद्घाटन


  •    न्युजभित्तो/१५ माघ २०७६, बुधबार १७:२० 
  • चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर १, हात्तीवाङमा बुधबार पहिलो पटक बिजुली बलेको छ । चितवनतर्फबाट विद्युत लैजान समस्या भएपछि धादिङबाट तार विस्तार गरेर सो क्षेत्रमा विजुली बालिएको हो ।

    हात्तीवाङ चितवनको क्षेत्र नम्वर २ मा पर्दछ । यसै क्षेत्रबाट निर्वाचित साँसद कृष्णभक्त पोखरेलले बुधबार एक समारोहकाबीच बल्ब बालेर विद्युतीकरणको उद्घाटन गर्नुभयो । उहाँले सेवा क्षेत्र चितवन र विद्युत आपूर्ति गर्ने क्षेत्र धादिङ भएकाले निकै ठूलो संघर्षपछि यस क्षेत्रमा विद्युतीकरण गर्न सफल भएको बताउनुभयो । बाँकी रहेका क्षेत्रहरुमा छिट्टै विजुली पुग्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा प्रदेश सभा सदस्य घनश्याम दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरण धादिङ जिल्ला वितरण केन्द्रका प्रमुख धु्रव कार्कीलगायतले विद्युतीकरणले हात्तीवाङको विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो ।

    सो क्षेत्रमा बि.सं. २०७१ सालमा विद्युतको पोल गाडिएको थियो भने २०७२ सालमा तार टाँगिएको थियो । मुख्य विद्युत लाईन जोड्न समस्या भएपछि काम रोकिएको थियो । तत्कालिन समयमा सोही क्षेत्रबाट निर्वाचित साँसद पोखरेलले विद्युतीकरणका लागि संसद विकास कोषबाट ३५ लाख रुपैयाँ उपलब्ध गराउनुभएको थियो ।

    विद्युतीकरणसँगै हात्तीवाङमा ६० घरमा बिजुली बलेको छ । सो वडामा ६ सय ४३ घरधुरी रहेका छन् । अब क्रमशः विद्युत लाईन विस्तार गर्दै लगिने जनाईएको छ ।

    गाउँपालिका अध्यक्ष गुरुङका अनुसार वडा नं. २ मा ५ प्रतिशत मात्रै विद्युतीकरण भएको छ । बाँकी विद्युतीकरणका लागि ६ करोड २० लाख रुपैयाँको कामका लागि बोलपत्र आहन भईसकेको छ । वडा नम्वर ३, ४ र ५ मा पूरै विद्युतीकरण भईसकेको छ भने वडा नम्वर ६ मा आधा र ७ मा ८० प्रतिशत विद्युतीकरण भईसकेको छ । वडा नम्वर ६ मा आगामी असार सम्ममा विद्युतीकरण भईसक्ने र वडा नम्वर ७ को बाँकी उपरदाङगढी क्षेत्रमा विद्युतीकरणका लागि प्रयास भईरहेको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.