सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहामा माघ २८ गतेदेखि फुड फेस्टिबल हुने


  •    न्युजभित्तो/१५ माघ २०७६, बुधबार १६:३१ 
  • सौराहा । पर्यटन वर्ष चलिरहँदा पर्यटकीय नगरी सौराहामा फुड फेस्टिबल हुने भएको छ । माघ २८ गतेदेखि फागुन ३ गतेदेखि फूड फेष्टिवल आयोजना गर्न लागिएको हो । रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहाले सौराहाको सिसुवार मैदानमा १४औँ संस्करणको फुड फेस्टिबल आयोजना गर्न लागेको हो ।

    सौराहामा पत्रकार सम्मेलनको आयोजना गरि चौधौं फूड फेष्टिवलको बारेमा जानकारी गराईएको हो । हरेक वर्ष आयोजना गरिदै आईएको फूड फेष्टिबललाई यस वर्ष भ्रमण वर्षसँग केन्द्रीत गरेर तयारी गरिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

    फेष्टिवलमा स्थानीय तथा विदेशी खानाका परिकार रहनेछन् । त्यस्तै, स्थानीय कला, संस्कृति, भेषभुषाको जगेर्नाका लागि महोत्सव केन्द्रीत रहेको आयोजकले जनाएको छ । महोत्सव अवधिभर सौराहाको ड्यामदेखि महोत्सव स्थलमा विविध झाँकी प्रस्तुत गरिने अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।

    सो अवसरमा विविध खेलकुद कार्यक्रम, प्रेमपत्र लेखन प्रतियोगिता, सडक नाटक आयोजना गरिने आयोजकले जनाएको छ । हरेक दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती रहने फेष्टिवलका संयोजक ध्रुव गिरीले जानकारी दिनुभयो ।

    फागुन २ गते प्रेम दिवसको दिन टिकटको व्यवस्था गरिएको भए पनि अन्य दिन निशुल्क प्रवेशको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । टिकटको ७५ प्रतिशत रकम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई दिइने आयोजकले जनाएको छ । झण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको फुड फेष्टिबल २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताउनुभयो ।

    पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले फुड फेस्टिवलले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन फूड फेष्टिवलको तयारी तिब्र पारिएको छ । फेष्टिवलको समयमा मात्रै नभएर भ्रमण वर्षलाई नै लक्षित गरि सौराहा आउने पर्यटकहरुलाई छुटको व्यवस्था गरिएको छ । रेवानमा आवद्ध ५६ वटा रेष्टुरेण्टमा १५ प्रतिशत, होटलमा ३० प्रतिशत र साना पर्यटन व्यवसायमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सौराहामा पर्यटक बढाउन फुड फेष्टिबल, हात्ति महोत्सव गर्ने गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.