सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘जरा उद्यान’ बनाउँदै सामुदायिक वन


  •    न्युजभित्तो/२१ माघ २०८२, मंगलवार १२:३३ 
  • चितवन, २० माघ । यहाँको सामुदायिक वनले रुखका जराहरूमा विभिन्न किसिमका आकृति कुँदेर ‘जरा उद्यान’ निर्माण सुरु गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित नवज्योति मध्यवर्ती सामुदायिक वनले वनभित्रका जराहरूमा आकृति कुँदेर जरा उद्यान बनाउन लागेको हो ।

    नवज्योति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद तिमिल्सिनाका अनुसार अहिले सुरुआती समयमा चारवटा जरामा आकृति कुँदिएको छ । जसमा शिव, गणेश, गौतमबुद्धको आकृति छन् भने एउटामा विभिन्न किसिमका जनावरको आकृति रहेको छ । हामीले १६ वटा जारामा आकृति दिएर राख्ने योजनासहित काम गरिरहेका छौँ ।

    अन्य जराहरूलाई सफा गरेर रङ लगाएर राख्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार जरामा कुर्सी बनाउने, ढिकी, रङ्गटे पिङ, चिप्लेटी, पिर्के पिङलगायत काठका सामान निर्माण गरिनेछ । यस्तै जरामा बाघ, गैँडा, जरायो, चित्तल, विभिन्न किसिमका चराको आकृति निर्माण गरी आकर्षक बनाइनेछ ।

    रुखका जरालाई सदुपयोग गर्दै पर्यापर्यटनसँग जोड्ने काम गर्न लागिएको उहाँले बताउनुभयो । यही सामुदायिक वनभित्र रहेका किङफिसर तालको संरक्षण गर्दै वन, वन्यजन्तु र वातावरणलाई प्रभाव नपार्ने गरी पर्यटनसँग जोड्ने योजनाका साथ काम गरिएको उहाँले जानकारी दिनुभयो । यस वनका उपभोक्तालाई आयआर्जनसँग जोड्न टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनका बीच काम अघि बढाएका छौँ । ‘स्टोन पार्क’को मोडलमा यसलाई विकास गर्ने योजना छ ।”

    अहिले जरामा आकृति निर्माणका लागि स्थानीय कालिगढहरूले काम गरिरहनुभएको छ । अहिले दैनिक चार जना कालिगढले जरामा विभिन्न किसिमका आकृति बनाउने काम गरिरहनुभएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मनोरञ्जन लिन मिल्नेगरी जरा पार्क निर्माण गर्न लागिएको हो ।

    यहाँका मध्यवर्ती सामुदायिक वनहरूले पार्क निर्माण गरेर आयआर्जनका काम गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकसमेत यस्ता पार्कमा रमाउने गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती
    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    • चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.