सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती नगरपालिकाद्वारा चेपाङ बाहुल्य क्षेत्रमा दुई हजार आठ सय बालबालिकालाई स्वीटर वितरण


  •    न्युजभित्तो/१५ माघ २०७६, बुधबार १४:०४ 
  • चितवन । राप्ती नगरपालिकाले पहाडी क्षेत्रमा बसोबास गर्ने २० वटा विद्यालयका २ हजार ८ सय जना बालबालिकालाई स्वीटर वितरण गरेको छ । नगरपालिकाको वडा नं. १०, ११, १२ र १३ का विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।

    नगर प्रम्ुख प्रभा बरालका अनुसार नगरपालिकाले बजेट विनियोजन गरी ८ लाख ६७ हजार रुपैयाँको स्वीटर खरिद गरी वितरण गरेको हो । सो क्षेत्रमा ६० प्रतिशतभन्दा बढी चेपाङ समुदाय बसोबास गर्दछन् ।

    विगत वर्षहरुमा ती विद्यार्थीलाई देखाएर आर्थिक संकलन गरी केही रकमको स्वीटर किनेर दिए पनि सबैले पाउन सकेका थिएनन् । बरालले यिनै विद्यार्थीलाई देखाएर आर्थिक चलखेल र दरिद्र बनाउने गरेपछि आफूले कसैलाई पनि स्वीटर बाँड्न नदिएर नगरपालिकाले नै स्वीटर दिएको बताउनुभयो ।

    सो क्षेत्र जिल्लाको पहाडी ग्रामीण क्षेत्र हो । पहिले पहिले नयाँ मान्छे स्कुल क्षेत्रमा पुगेपछि विद्यार्थी भाग्ने गर्दथे । तर पछिल्ला वर्षहरुमा विकास हुँदै गएपछि स्थानीयको जीवनस्तरमा सुधार हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.