आन्तरिक राजश्व कार्यालय भरतपुरका अधिकृत घुससहित पक्राउ
न्युजभित्तो/१४ माघ २०७६, मंगलवार १९:१९
चितवन । सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरमा कार्यरत एक अधिकृत पक्राउ परेका छन् । कार्यालयका कम्युटर अधिकृत रामकुमार अधिकारीलाई १० हजार रुपैयाँ घुस सहित मङ्गलबार पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोईरालाले मङ्गलबार विज्ञप्ती जारी गर्दै अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको उल्लेख गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट आएको टोलीले अधिकारीलाई उनकै कार्यकक्षमा रकम सहित नियन्त्रणमा लिएको जनाईएको छ ।
आन्तरिक रजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद रिजालले सेवाग्राहीबाट कम्प्युटर बिलिङ्गको कामका बिषयमा अधिकारीले रकम लिएको अभियोगमा पक्राउ गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अधिकारीलाई अख्तियार कार्यालय हेटौँडा लगिएको छ ।