सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोशीमा प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगितामा चौहान र सौडेल विजयी


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार १७:२३ 
  • बेलबारी (मोरङ), १८ माघ । बेलबारीमा आज सम्पन्न स्वर्गीय ‘बलबहादुर मगर स्मृति’ प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबल्स ‘बी’ लेभलतर्फ टेक चौहान र रविन सौडेन विजयी भएका छन् । बेलबारी–११ लक्ष्मीमार्गस्थित कवर्डहलमा आज सम्पन्न प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धीहरुले पुुरस्कार हात पारे ।

    विजयी चौहान र सौडेलले नगद रु ४१ हजार हात पारे । साथै भेट्रान (४५ वर्षभन्दा माथि) तर्फ श्रवण चौधरी र नारायण श्रेष्ठ विजेता बन्दै रु २५ हजार प्राप्त गरे भने अन्तर सदस्यतर्फ विकास श्रेष्ठ र रमेश राईले जित्दै रु १५ हजार प्राप्त गरे । 

    महिला डबलतर्फका विजेता सृष्टि राई र राजी राईले रु २५ हजार र यु १५ पुरुष सिङ्गलतर्फका विजेता अदिप मगरले रु १० हजार प्राप्त गरे । उत्कृष्ट खेलाडीमा प्रज्ञान ढकाल र उदयमान खेलाडीमा पुरुषतर्फ सागर चौधरी र महिलातर्फ सविज्ञा दाहाल घोषित भए । विजेता टिमलाई नगरपालिका प्रमुख दिलप्रसाद राईले नगदसहित शिल्ड, पदक र प्रमाणपत्र प्राप्त वितरण गर्नुभएको थियो ।

    प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाबाट १०८ टिमको सहभागिता थियो । डाँगीहाट व्याटमिन्टन क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको स्वर्गीय बलबहादुर मगर स्मृति कोशी प्रदेशस्तरीय प्रतियोगिता माघ १७  गतेसम्म सञ्चालन हुने भनिए पनि समय अभावका कारण १८ गते मात्र सकिएको आयोजक समितिका अध्यक्ष हरिकुमार पाण्डेले बताउनुुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.