सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वेद पुराणबाट वैज्ञानिक आविष्कार गरिए तर हामीले उपयोग गर्न सकेनौँ : साँसद पोखरेल


  •    न्युजभित्तो/१४ माघ २०७६, मंगलवार १९:०७ 
  • चितवन । प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले पश्चिमाहरुले आत्मसात गर्न लागेको पूर्वीय दर्शन र सभ्यतालाई हामीले बिर्सदै गएको गुनासो गर्नुभएको छ । ‘हाम्रो वेद पुराणबाट वैज्ञानिक आविष्कारहरु भइरहेका छन् तर हामीले ती वेद पुराणको उपयोग गर्न सकेका छैनौँ’ पोखरेलले भन्नुभयो ।

    भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालले भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीमा आयोजना गरेको श्रीमद्भागवत महापुराण तथा धनधान्याचल ज्ञान महायज्ञमा मङ्गलबार पोखरेलले पूर्वीय सभ्यता संसारको सबैभन्दा पुरानो भएकाले यसको संरक्षणमा जुट्नुपर्नेमा जोड दिनुभयो । बजारमा केही व्यक्तिका कारण हाम्रो धर्म बदनाम हुन थालेको भन्दै पोखरेलले महायज्ञ तथा धार्मिक अनुष्ठानबाट हाम्रो समाजको रुपान्तरण हुने धारणा राख्नुभयो । पोखरेलले देवघाटमा निर्माण हुने प्रतिष्ठानको केन्द्रीय भवनका लागि साँसद विकास कोषबाट १० लाख रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । आगामी वर्षमा समेत कोषबाट रकम थप्दै लैजाने उहाँले बताउनुभयो ।

    महायज्ञकै अवसरमा भारद्वाज गोत्रीय पोखरेलहरुको टेलिफोन डायरी समेत विमोचन गरिएको छ । डायरी प्रकाशन समितिको सम्पादक मण्डलका संयोजक हरिप्रसाद पोखरेलकाअनुसार डायरी निर्माणको काम पूरा नभइसकेकाले अझै परिमार्जित गरेर निकालिनेछ । देशभरका भारद्वाज गोत्रीय पोखरेलहरुको नाम, ठेगानासहित टेलिफोन नम्बर सहितको डायरी प्रकाशनले आत्मीयता बढ्ने उहाँको भनाइ छ । गत

    शनिबारदेखि सञ्चालन भएको महायज्ञमा मङ्गलबारसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको महायज्ञका आर्थिक समिति संयोजक भीमप्रसाद पोखरेलले बताउनुभयो । महायज्ञमा मङ्गलबार मात्रै ४५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको आर्थिक संयोजक पोखरेलले जानकारी दिनुभयो । मङ्गलबार पूर्वी जिल्लाहरुबाट बढी रकम सङ्कलन भएको उहाँले बताउनुभयो । महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य लिइएको महायज्ञका संयोजक एवम् भारद्वाज गोत्रीय पोखरेल प्रतिष्ठान नेपालका अध्यक्ष ओमप्रसाद पोखरेलले बताउनुभयो ।

    महायज्ञबाट भएको आम्दानीले देवघाटमा प्रतिष्ठानको केन्द्रीय कार्यालय निर्माणसहित भारद्वाज ऋषिको आश्रम र धार्मिक पुस्तकालय निर्माण गर्ने उद्देश्य रहेको छ । यसैगरी, एम्बुलेन्स सञ्चालन, वंशावली निर्माण, टेलिफोन डायरी प्रकाशन र विपन्न व्यक्तिको स्वास्थ्य उपचारमा सहयोगका लागि अक्षय कोष स्थापना गरिने पनि संयोजक पोखरेलले जानकारी दिनुभयो ।

    पण्डित दिनबन्धु पोखरेलले आगामी माघ १८ गतेसम्म कथा वाचन गर्ने महायज्ञमा बिहान ११ बजदेखि कथा वाचन हुनुका साथै दैनिक तुलादान, भूमिदान, ब्रतबन्ध, विवाह, चौरासी पूजा तथा ग्रह शान्तिसमेत गर्न सकिने प्रतिष्ठानका जिल्ला उपाध्यक्ष शान्तप्रसाद पोखरेलले जानकारी दिनुभयो । महायज्ञको उपवाचकको रुपमा आचार्य दुर्गाप्रसाद पोखरेल रहनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.