सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उवासंघ चितवनका पूर्व अध्यक्ष श्रेष्ठ उद्योग वाणिज्य महासंघको मानार्थ सदस्य


  •    न्युजभित्तो/१९ माघ २०८२, आईतवार १४:२८ 
  • चितवन, १८ माघ । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजु श्रेष्ठलाई मानार्थ सदस्यमा मनोनयन गरेको छ । महासंघको विधान २०४९ (सातौँ संशोधन) को दफा १५ अनुसार श्रेष्ठलाई मानार्थ सदस्यमा मनोनयन गरिएको हो ।

    महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा हस्ताक्षरित पत्रमा श्रेष्ठको अनुभव, योगदान र क्षमताले महासंघका गतिविधिलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । पत्रमा महासंघको उद्देश्य र कार्यक्रमलाई सफल बनाउन श्रेष्ठको सक्रिय सहभागिता रहने अपेक्षा समेत गरिएको छ ।
    महासंघले उद्योग–व्यवसाय क्षेत्रको सुदृढीकरण तथा निजी क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउन अनुभवी व्यक्तिहरूको संलग्नतालाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

    मानार्थ सदस्यमा मनोनयन भएपछि श्रेष्ठले निजी क्षेत्रको हकहित, उद्योग–व्यवसायको प्रवद्र्धन तथा आर्थिक विकासमा थप योगदान गर्ने बताउनुभयो । उहाँले आफ्नो भन्दापनि समग्र उद्योगी व्यवसायीको हकहितमा काम गर्ने जिम्मेवारी थपिएको बताउनुभयो । महासंघको गरिमालाई थप उचाईमा पु¥याउन आफूले योगदान गर्ने उहाँको भनाई छ ।

    श्रेष्ठ २०७६–०७८ को उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष हुनुहुन्छ । त्यस अघि उहाँ बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कार्यसमिति सदस्य भएर यहाँको उद्योगी व्यवसायीको हकहितमा लामो समयदेखि काम गर्दै आउनु भएको छ ।

    उहाँ सामाजिक, सांस्कृतिक र खेलकुद क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । चितवन खेलकुद विकास समितिको अध्यक्ष भईसक्नु भएका श्रेष्ठ, नारायणी कला मन्दिरको पूर्व अध्यक्ष पनि हुनुहुन्छ । श्रेष्ठ निर्माण व्यवसायी संघ चितवनको पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.