सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युवा पुस्तालाई राष्ट्रभक्तिबारे चेतना अभिवृद्धि गर्न राष्ट्रपतिको आग्रह


  •    न्युजभित्तो/१४ माघ २०७६, मंगलवार १८:३९ 
  • हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा युवा पुस्तालाई राष्ट्रभक्ति र लोकतान्त्रिक पद्धतिका बारेमा चेतना अभिवृद्धि गर्न सङ्घीय र प्रदेश सरकारको भूमिकाको आवश्यकता रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले मकवानपुरको हेटौंँडा उपमहानगरपालिका वडा नं ११, नवलपुरस्थित शहीद स्मारकमा नवनिर्मित प्रजातान्त्रिक उद्यानमा स्थापित विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारीको पूर्ण कदको शालिकको आज अनावरण गर्दै प्रदेश सरकारले राष्ट्रभक्ति, शहीदका योगदान, गणतन्त्र एवं लोकतन्त्र आदि विषयमा सबैलाई प्रशिक्षित तुल्याउनुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रपति भण्डारीले मानवअधिकारको सम्बर्धन, विकासको पूर्वाधार, सामाजिक न्याय वितरण र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन तथा उद्योगमैत्री र ऊर्जा उत्पादनमा निजी क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने दिगो कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

    समारोहमा राष्ट्रपति भण्डारीले स्मारक समितिको प्रवेशद्वारमा नवनिर्मित रजतस्तम्भको पनि आजै अनावरण गर्दै शहीद स्मारकमा स्थापित जननेता मदन भण्डारीको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । राष्ट्रपति भण्डारीले स्मारकको निर्माणका क्रममा शहीदको आकृति कुँद्ने कलाकार कमलेश महर्जन, गोविन्द चौधरी र पृथ्वी श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै शहीद स्मारक विकास समितिमा कार्यरत प्रमुख रामचन्द्र न्यौपानेलाई दीर्घसेवा पदक तथा शहीद स्मारक स्थापना गर्ने क्रमका प्रथम उपभोक्ता समितिका उपाध्यक्ष हरिशरण सुवेदीलाई पनि सम्मान गर्नुभयो ।

    सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री तथा शहीद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले प्रदेश सरकार अब भ्रष्टाचारजन्य कार्यलाई निरुत्साहन गर्दै जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन र उद्योगमैत्री वातावरण तयार गर्ने काममा लागेको बताउनुभयो । उहाँले हेटौंँडामा २०५१ साल माघ १७ गते प्रजातान्त्रिक आन्दोलनका शहीदको सम्झनामा एउटा ठूलो ढुङ्गामा कुँदिएको भक्ति थापालगायत अन्य १२ शहीदको आकृति रहेको शहीद स्मारक स्थापना भएको र अब त्यो पर्यटन गन्तव्य रहेको पनि जानकारी दिनुभयो ।

    मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको छनोट गरी कार्यान्वयन गर्दै हेटौंँडा–काठमाडौं सुरुङ मार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग र हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जोड्ने मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिन अनुगमन शुरु गरिसकेको पनि जानकारी दिनुभयो ।

    वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा दिगो विकास गर्न ११९ स्थानीय तहमा रु एक अर्ब ६५ करोड विनियोजन गरिएको, मकवानपुरको इन्द्रसरोवर, दोलखाको गौरीशङ्कर हिमाललगायत अन्य क्षेत्रमा दिगो पर्यटन विकासका लागि गुरुयोजना तर्जुमा भएको र पर्यटकलाई विभिन्न स्थानको भ्रमण गराउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

    वाग्मती प्रदेश, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जनताप्रति जिम्मेवार हुन सबैलाई आग्रह गर्दै प्रदेशमा औद्योगिक क्षेत्रको विस्तार, पर्यटनको गुरुयोजना, ऊर्जा उत्पादन र जनतालाई आत्मनिर्भर हुने योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न जोड दिनुभयो । त्यस अवसरमा शहीद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले स्मारकका शालिक शहरी विकास मन्त्रालय र शहिद स्मारक विकास समितिबाट संयुक्त रुपमा रु एक करोड पाँच लाखको लागतमा स्थापना गरिएको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.