नवलपुर । आगामी बुधबारदेखि गैँडाकोटको नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्टल निर्माण, गेट निर्माण अन्तिम चरणमा पुगेको तथा बाल उद्यान निर्माणको काम तीव्र पारिएको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।
महोत्सवमा कृषिका ४० वटा स्टल रहने छन् । विभिन्न जाजातिका नौ वटा साँस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यावसायिक तथा पर्यटनसम्बन्धी गरी तीन सय ५० भन्दा बढी स्टल रहने भट्टचनले जानकारी दिनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवका सचिवालय प्रमुख एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सवको उद्घाटनका दिन तीन सय भन्दा बढी संघसंस्थाहरु शोभायात्रामा सहभागी हुने जानकारी दिनुभयो । शोभायात्रामा सहभागीमध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने समेत कँडेलको भनाइ छ । भव्यताका साथ महोत्सव सम्पन्न गराउनका लागि स्थानीय प्रशासन, प्रहरी, स्थानीय सरकार तथा स्थानीयवासीको पूर्ण सहयोग र समर्थन रहेको कँडेलले बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुनेछन् । यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रिज आकारको कलात्मक प्रवेशद्वार हुने कँडेलले बताउनुभयो । महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् उवासंघ नवलपुरका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सव सफल पार्न विभिन्न २२ वटा उपसमिति गठन गरिएको बताउनुभयो । महोत्सव अवधिभर महोत्सव स्थलमा भायोनेट कम्युनिकेशन प्रालिले २०० एमबीपीएसको इन्टरनेट निःशुल्क प्रदान गरेको सापकोटाले जानकारी दिनुभयो । महोत्सव स्थलमा सञ्चार माध्यमका लागि सूचना सम्प्रेशण गर्नका लागि विशेष व्यवस्था हुने पनि सापकोटाले बताउनुभयो ।
महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै सापकोटाले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिने बताउनुभयो । गैँडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा वाह्य व्यापार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य लिएर तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको हो ।
नवलपुर । आगामी बुधबारदेखि गैँडाकोटको नारायणी नदी किनारमा सञ्चालन हुने तेस्रो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्टल निर्माण, गेट निर्माण अन्तिम चरणमा पुगेको तथा बाल उद्यान निर्माणको काम तीव्र पारिएको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।
महोत्सवमा कृषिका ४० वटा स्टल रहने छन् । विभिन्न जाजातिका नौ वटा साँस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यावसायिक तथा पर्यटनसम्बन्धी गरी तीन सय ५० भन्दा बढी स्टल रहने भट्टचनले जानकारी दिनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धनका लागि महोत्सव गर्न लागिएको उल्लेख गर्दै भट्टचनले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवका सचिवालय प्रमुख एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सवको उद्घाटनका दिन तीन सय भन्दा बढी संघसंस्थाहरु शोभायात्रामा सहभागी हुने जानकारी दिनुभयो । शोभायात्रामा सहभागीमध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने समेत कँडेलको भनाइ छ । भव्यताका साथ महोत्सव सम्पन्न गराउनका लागि स्थानीय प्रशासन, प्रहरी, स्थानीय सरकार तथा स्थानीयवासीको पूर्ण सहयोग र समर्थन रहेको कँडेलले बताउनुभयो ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुनेछन् । यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रिज आकारको कलात्मक प्रवेशद्वार हुने कँडेलले बताउनुभयो ।
महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् उवासंघ नवलपुरका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सव सफल पार्न विभिन्न २२ वटा उपसमिति गठन गरिएको बताउनुभयो । महोत्सव अवधिभर महोत्सव स्थलमा भायोनेट कम्युनिकेशन प्रालिले २०० एमबीपीएसको इन्टरनेट निःशुल्क प्रदान गरेको सापकोटाले जानकारी दिनुभयो । महोत्सव स्थलमा सञ्चार माध्यमका लागि सूचना सम्प्रेशण गर्नका लागि विशेष व्यवस्था हुने पनि सापकोटाले बताउनुभयो ।