सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामना सेवाले दियो टोल विकास संस्थालाई ६० थान डस्टबिन


  •    न्युजभित्तो/१३ माघ २०७६, सोमबार १९:३१ 
  • भरतपुर । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ६० वटा डस्टबिन (प्लाष्टिक बाल्टी) वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नंं १२ स्थित नौरंगे टोल विकास संस्थालाई सोमबार एक कार्यक्रमकाबीच डस्टबिन प्रदान गरिएको हो ।

    टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारी, बैकका नारायणगढ शाखा प्रबन्धक सुरेश घिमिरे लगायतले मन्तव्य राख्नु भएको थियो ।

    सो अवसरमा प्रमुख अतिथि भण्डारीले आफूूहरुले धार्मिक पर्यटकीय स्थल धनगढा समेत समेटिएको टोललाई डस्बिन वितरण गर्न पाउँदा आफूहरु हर्षित भएको बताउनुभयो ।

    संस्थाका अध्यक्ष पौडेलले बैंकले दिएको डस्टिबनले टोलसँगै पर्यटकीय क्षेत्रको सरसफाईमा योगदान पुग्ने बताउनुभयो ।

    काठमाण्डौंमा मुख्य कार्यालय रहेको कामना सेवा विकास बैंकले देशभरका ११७ शाखा तथा ६० वटा एटिएममार्फत् सेवा दिंदै आएको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग, मोबाईल बैकिङ्ग, सि–आस्वालगायतका सेवाहरु उपलब्ध गराउँदै आएको क्षेत्रीय प्रबन्धक भण्डारीले बताउनुभयो ।

    चितवन जिल्लामा मात्रै बैंकका पाँच वटा शाखा रहेको बैंकका बरिष्ठ सहायक प्रकाश पन्तले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.