सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार १३:२३ 
  • चितवन, १३ माघ । संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किनु भएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक रु एक लाख बढी आम्दानी गर्दै आउनुभएको छ । 

    गैँडाकोट नगरपालिका–६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन सुरु गर्नुभएको हो । छ वर्षअघि नेपाल फर्किएर करिब एक कट्ठा जमिनमा उहाँले कालीजपालन सुरु गर्नुभएको थियो । रु १३ लाख लागतमा उहाँले सो व्यवसाथ सुरु गर्नुभएको थियो ।

    सुरुमा प्रतिगोटा रु दुई हजारमा अण्डा किनेर आफ्नै मेसिनबाट कोरलेर पालन गर्नुभएका सापकोटाले हाल आफैँ चल्ला बिक्री गर्नुहुन्छ । एउटा चल्ला रु २०० मा बिक्री हुने गरेको छभने वार्षिक करिब १० हजार चल्ला बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

    पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म चल्ला बिक्री हुने गरेको छ । पालिएका माउ कालिज प्रतिगोटा रु दुई हजारदेखि तीन हजारसम्ममा बिक्री हुन्छन् । मासुका लागि पनि उहाँको फार्मबाट कालिज बिक्री हुने गर्दछ । खानाका सौखिनहरूले फार्ममै आएर कालिज लैजाने गर्दछन् । वार्षिक ५०० भन्दा बढी कालिज मासुका लागि बिक्री हुने गरेको छ ।

    चल्ला र माउ बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । घरकै उत्पादन गहुँ, मकै, घाँस र थोरै किनिएको दाना कालिजलाई खुवाउने गरिएको छ । सापकोटा बिहान–बेलुका कालिजलाई खाना दिनुहुन्छ भने दिउँसो अन्य काममा लाग्नुहुन्छ । घर परिवारले व्यवसायमा सहयोग गर्दै आएका छन् ।

    सापकोटाले भन्नुभयो, “साउदीमा जति कमाई गरेँ, गाउँमै कालिजपालनबाट हुने आम्दानी त्यसभन्दा राम्रो छ । यसले मलाई छुट्टै काम गर्ने अवसर पनि दिएको छ, र मेहनत गरे विदेशमा भन्दा बढी लाभ देशमै लिन सकिन्छ ।”रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.