सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार्टर्ड एकाउण्टेण्ट्सलाई गरिमा विकास बैंकले १५ लाखसम्म बिना धितो कर्जा र आकर्षक ब्याजदर दिने


  •    न्युजभित्तो/१४ माघ २०८२, मंगलवार ०८:२५ 
  • काठमाण्डौं, १३ माघ। गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) बिच चार्टर्ड एकाउण्टेण्टहरुलाई लक्षित गर्दै विशेष सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा महत्त्वपूर्ण सम्झौता भएको छ। यस सम्झौतासँगै अब संघमा आबद्ध सदस्यहरुले बैंकबाट विभिन्न बैंकिङ सुविधाहरूमा विशेष छुट र प्राथमिकता पाउने निश्चित भएको हो।

    सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गर्नुभएको छ । यो सहकार्यपछि चार्टर्ड एकाउण्टेण्टहरुले न्यूनतम कागजी प्रक्रियामै ७५ हजारदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पाउनेछन्। यसका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा समेत उपभोग गर्न पाउने व्यवस्था मिलाइएको छ।

    बैंकले पेसाकर्मीहरूको आवश्यकतालाई मध्यनजर गर्दै घर कर्जा र सवारी साधन कर्जामा समेत आकर्षक ब्याजदरको प्रस्ताव गरेको छ। हाल बैंकले “अब आफ्नै घर” नारासहित ६.४९ प्रतिशतदेखि नै आवास कर्जा र ५.९९ प्रतिशतदेखि व्यावसायिक (एसएमई) कर्जा उपलब्ध गराइरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.