सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोटिहोम महायज्ञमा कथावाचन शुरु


  •    न्युजभित्तो/१२ माघ २०७६, आईतवार २१:४१ 
  • चितवन । भरतपुर–२३, जगतपुरको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने, चितवनमा आयुर्वेदिक शिक्षालयको स्थापना गर्ने, क्यान्सर रोगबाट पीडित विपन्न परिवारका व्यक्तिहरुलाई सहयोग गर्नेलगायतका धार्मिक, शैक्षित तथा सामाजिक कामको उद्देश्य लिएर नारायणगढको नारायणी नदी किनारमा सञ्चालन गरिएको कोटिहोम महायज्ञमा आइतबार कथावाचन शुरु गरिएको छ । आगामी फागुन ११ गतेसम्म सञ्चालन हुने सो महायज्ञमा प्रमुख वाचक बालयोगेश्वर महाराजश्रीले कथा वाचन सुरु गर्नुभएको हो ।

    ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा साँस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष बिराट मासिक ज्ञान महायज्ञ २०७६’ मा कथा वाचन गर्दै महाराजश्रीले आफू कत्तिपनि विचलित नभइ कथा वाचन गर्ने बताउनुभयो । परोपकारी उद्देश्य लिएर कोटिहोम महायज्ञ सुरु गरिएको उल्लेख गर्दै महाराजश्रीले महायज्ञमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

    शनिबारको कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिव राजीव न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । न्यौपानेले धर्मको संरक्षण गर्दै सामाजिक कार्यमा जुट्नका लागि सबैसँग आग्रह गर्नुभयो । न्यौपानेले नारायणी नदी किनारमा सञ्चालन भएको महायज्ञले चितवनमा धार्मिक पर्यटक वृद्धि गर्ने उल्लेख गर्दै धार्मिक कामबाट समाजमा जागरण आउने धारणा राख्नुभयो ।

    महायज्ञका १२१ जना ब्राह्मणहरुलाई बरणी समेत गरिएको छ । बरणी गरिएका ब्राह्मणहरुले आइतबारदेखि १०८ हवन कुण्डमा नियमित रुपमा हवन गर्ने महायज्ञ मूल समितिका महासचिव एवम् प्रवक्ता दीलिप न्यौपानेले जानकारी दिनुभयो । महायज्ञमा कथा श्रवणका लागि शनिबार सात सय भन्दा बढी मानिसहरु उपस्थित भएका न्यौपानेको भनाइ छ ।

    महायज्ञको आम्दानीबाट जगतपुरको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने, चितवनमा आयुर्वेदिक शिक्षालयको स्थापना गर्ने, क्यान्सर रोगबाट पीडित विपन्न परिवारका व्यक्तिहरुलाई सहयोग गर्नेलगायतका धार्मिक, शैक्षित तथा सामाजिक काम गरिने महायज्ञ मूल समितिका महासचिव न्यौपानेले बताउनुभयो । नेपालको इतिहासमा नै पहिलो पटक ठूलो महायज्ञको आयोजना गरिएको उल्लेख गर्दै न्यौपानेले यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्याउने उल्लेख गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.