सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि २३ गतेसम्म


  •    न्युजभित्तो/१३ माघ २०८२, सोमबार ११:३१ 
  • भोजपुर, १२ माघ । भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा वृहत माघी मेला’ आयोजना हुने भएको छ । गाउँपालिकाको मुख्य आयोजनामा आगामी २०८२ साल माघ १४–२३ गतेसम्म प्रतियोगिता तथा मेला सञ्चालन हुने आयोजकले जनाएको छ । स्थानीय खेलकुदको विकास, युवालाई खेलप्रति आकर्षित गर्ने तथा सामाजिक–सांस्कृतिक गतिविधिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

    प्रतियोगिता पौवादुङमा रङ्गशालामा सञ्चालन हुने उहाँले बताउनुभयो ।“खेलकुद क्षेत्रसँगै पर्यटनको विकास गर्ने लक्ष्यका साथ विगतका वर्षदेखि पौवादुङमा गोल्डकप र माघी मेला आयोजना गर्दै आएका छौँ,”अध्यक्ष राईले भन्नुभयो,“यस वर्ष पनि सोही उद्देश्यअनुसार कार्यक्रमको तयारी थालिएको छ । माघ १४ देखि २३ गतेसम्म गोल्डकपसँगै माघी मेला सञ्चालन हुनेछ ।”

    प्रतियोगितामा देशभरका उत्कृष्ट क्लब तथा खेलाडीको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाईसमेत आकर्षक पुरस्कार प्रदान गरिनेछ ।

    प्रतियोगितासँगै सञ्चालन हुने वृहत माघी मेलामा स्थानीय कला, संस्कृति, परम्परा झल्कने सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछन् । गाउँपालिकाले प्रतियोगिता तथा मेलालाई सफल बनाउन खेलप्रेमी, खेलाडी तथा सम्पूर्ण स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.