सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाउँपालिकाका अध्यक्ष आठ लाख घुससहित पक्राउ


  •    न्युजभित्तो/११ माघ २०७६, शनिबार २२:४४ 
  • काठमाडौँ । सामान्यतः जनताको निकटमा रहेर दिनरात नभनी जनताकै काम गर्न खटिरहने स्थानीय जनप्रतिनिधिनै भ्रष्टाचारमा संलग्न होलान् भनेर कल्पनासम्म गर्न सकिँदैन । कतिपय जनप्रतिनिधि आफूले प्राप्त गर्ने तलबभत्ता समेत जनचाहना पूरा गर्न सुम्पेको यथार्थ समेत पाइन्छ ।

    तर, जाजरकोटको एक स्थानीय तहका अध्यक्ष भने स्थानीयको विकास निर्माणको आकाङ्क्षा लत्याउँदै सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । आफ्नो गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा जाजरकोटको जुनीचाँदे गाउँपालिककाका अध्यक्ष कृष्णबहादुर केसी अख्तियारको फन्दामा परेका छन् ।

    सोही गाउँपालिकाको वडा नं ५ मा निर्माण गरिएको सडकको भुक्तानी दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु आठ लाख घुस लिएको अबस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । आयोगले अध्यक्ष केसीसहित निजसँगै रहेका चन्द्रबहादुर बस्नेतलाई पनि नियन्त्रणमा लिएको छ ।

    सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थिति पूरानो मालपोत कार्यालयको जग्गा नजिकै हटलाइन रोडबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उनीहरुलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको भए पनि आयोगले अनुसन्धान गरेर आजमात्र सार्वजनिक गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.